असारे विकासमा वेथिति, हप्तादिनमै उप्कियो कालोपत्रे

सुर्खेत, २६ असार ।
विकास निर्माणमा सरकारी निकायको कतिसम्म हेलचक्रई र लापरवाही हुन्छ भन्ने उदाहरण सुर्खेत–नेपालगंज सडकमा देखिएको छ । यो सडक अन्र्तगत छिन्चु –पैसठ्ठी सडक खण्डमा गरिएको कालोपत्रे हप्ता दिनमै उप्किएको छ । छिन्चु –वीरेन्द्रनगर सडक खण्डको दाँया वाँया छेउमा गरिएको कालेपत्रेमा उप्किएको मात्र छैन पानी जमेको र खाल्डाखुल्डी समेत परेको छ ।

सडक कार्यालयका कर्मचारी र ठेकेदारको मिलेमतोमा बजेट सक्नको लागि हतार हतारमा कालो पत्रे गरिएकोले हप्तादिनमै कालेपत्रे उप्किएको स्थानीयले आरोप लगाएका छन । सडक चौडा बनाने नाममा गरिएको कालोपत्रेको काम हास्यास्पद भएको उनीहरुले गुनासो गरेका छन ।
सडक चौडा पार्ने नाममा जनताको आँखामा छारो हाल्ने काम भएको स्थानीयले बताएका छन । ‘यो राम्रो काम भएन स्थानीय ओम केसीले भन्नुभयो यदि विकास नै गर्ने हो भने गुणस्तरीय काम गर्नु प¥यो । गुणस्तरहिन कालोपत्रे गरेर बजेट किन सिध्याउने ? यो जनताको आँखामा छारो हाल्न काम मात्र हो त्यसैले यस्ता ठेकेदार र कर्मचारीलाई कारवाही गर्नुपर्छ ।

यता डिभिजन सडक कार्यालय सुर्खेतले भने नगर भन्दा भन्दै ठेकेदारले जवरजस्ती रुपमा कालोपत्रे गरेकोले समस्या देखिएको बताएको छ । सडकको १४ सय मिटरभित्रको दायाँ वायाँ कालोपत्रे गर्ने जिम्मा प्रदीप कन्टक्सनले लिएको छ । ठेकेदारले पानी परिरहेको वेला सडक कालोपत्रे गरेकोले हप्तादिनमै उप्किएको पनि कार्यालयले जनाएको छ । कार्यालयका इन्जिनियर दिपेन्द्र विष्टले ठेकेदारले सडक राम्रो नवनाउदा सम्म सडकको मेजरमेन्ट पनि नहुने र रकम भुक्तानी पनि नदिने बताउनु भयो ।

कन्ट्रक्सनले १४ सय मिटर सडकको दाँया १ मिटर २० सेन्टिमिटर र वायाँ पनि १ मिटर २० सेन्टिटिर कालोपत्रे गर्ने जिम्मा लिएको छ । ठेकेदारले असार १ गते सैझौता गरेर कालोपत्रेको काम सुरु गरेको थियो । २९ लाख ४९ हजार रुपौयको लागतमा निर्माण गर्न थालिएको सडकले असारे विकासको काम कत्तिको झारा टार्ने रुपमा हुन्छ भन्ने स्पस्ट पारेको छ । चौडा पारिएको सडकको कालोपत्रे फुटेर चिराचिरा परेको छ भने हिड्दा पनि खुट्टामा टाँसिएर उप्किने गरेको स्थानीयले जनाएका छन ।

सवारी साधन हिँडेको भागमा कालोपत्रे उप्किएर खाल्डो परेको छ । भत्किएको कालोपत्रेको तलपट्टिबाट बालुवा र माटो निस्कीएको छ । सडक कालोपत्रेका नाममा ठेकेदारले गिट्टी बिछ्याएर अलकत्रा पोतेको स्थानीयले आरोप लगाएका छन ।
ठेकेदार र सडक कार्यालयको मिलेमतोमा गुणस्तरहीन काम भएको स्थानीयको आरोप छ ।उनीहरुले ठेकेदारले मनोमानी ढंगले काम गर्दा पनि सडक कार्यालय मौन वस्नुले यो कुराको पुष्टी हुने उल्लेख गरेका छन ।

प्रकाशित मितिः २६ असार २०७४, सोमबार ०९:०८

Leave a Reply

Your email address will not be published. Required fields are marked *