सुर्खेतमा ठूलो परिणाममा विष्फोटक सामाग्री बरामद

सुर्खेत, २५ कात्तिक ।
सुर्खेतवाट प्रहरीले ठूलो परिणाममा बम बनाउन प्रयोग गरिने विष्फोटक सामाग्री बरामद गरेको छ ।
विशेष सुराकीको आधारमा ध १ ज १०६ नम्वरको जीप चेकजाँच गर्दा ६० थान डेटोनेटर, ५ सय ५५ थान जिलेटिन, २२ मिटर फ्यूज वायर बरामद गरेको सुर्खेतका प्रहरी प्रमुख एसपी मोहन आचार्यले बताउनु भयो ।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–११ ढुङ्गेबजारबाट शुक्रबार बम बनाउन प्रयोग गरिने डेटोनेटर, जिलेटिन, फ्यूजवायर तारलगायत बरामद गरेको प्रहरीले जनाएको छ ।
बम बनाउन प्रयोग गरिने सामाग्रीसँगै भारतीय र नेपाली सीमसहितको मोवाइल पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
एसपी आचार्यले ‘विष्फोटक सामाग्री ल्याउने व्यक्तिको खोजी भैइरहेको पनि जानकारी दिनुभयो ।
प्रहरीले विष्फोटक सामाग्री भारतबाट कैलाली हुँदै हुन सक्ने भन्दै उहाँले निर्वाचनलाई प्रभाव पार्नका लागि निर्वाचन विरोधी समूहले विष्फोटक सामाग्री भारतबाट भित्याएको हुनसक्छ’ उहाँले उल्लेख गर्नुभयो ।
विष्फोटक सामाग्रीसँगै सिमसहितको मोवाइल बरामद भएकाले अनुसन्धान गर्न सहज हुने भन्दै उहँले मोवाइलको कल डिटेल निकालेर अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।
प्रहरीले एकसाता अघि सुर्खेतकै भेरीगंगा नगरपालिकाको छिन्चुबाट बम बनाउन प्रयोग गरिने विष्फोटक सामाग्रीसहित एक पूर्व लडाकुलाई पक्राउ गरेको थियो ।
जाजरकोट लिन लागिएको चार थान डेटोनेटर, सेप्टीफ्यूज, पाँच वटा विद्युतीय स्वीच, होल्डर, हत्कडी र एक लाख २५ हजार नगदसहित पूर्व माओवादी लडाकु दलबहादुर कामी पक्राउ परेका थिए ।
चुनावको मुखैमा ठूलो परिणाममा विस्फोटक सामाग्री बरामद हुन थालेपछि प्रहरीले सार्वजनिक सवारी साधनको चेकिङ बढाउनुका साथै संकास्पद ठाउँमा सादा पोशाकमा प्रहरी खटाउन थालेको छ ।
तस्वीर प्रहरीले बरामद गरेको विष्फोटक पदार्थ । नेपाल समाचार पत्र दैनिक ।

प्रकाशित मितिः २५ कार्तिक २०७४, शनिबार १९:३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *