लागु औषध चरेशसहित शाह प्रक्राउ

सुर्खेत, १२ मंसिर ।
सुर्खेतको इलाका प्रहरी कार्यालय छिन्चुले लागु औषध चरेशसहित एकजनालाई प्रक्राउ गरेको जनाएको छ ।
चेकजाँचको क्रममा आइतवार दिउसो साढे ११ बजेतिर ६ किलो २ सय ५० ग्राम चरेशसहित नेपालगंज उपमहानगरपालिका ३ राँझाका सुर्य शाह प्रक्राउ परेको प्रहरीले जनाएको छ ।
वाटोमा हिडिरहेको वेला शंका लागेर चेकजाँच शाहको झोलावाट चरेश बरामद भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरिक्षक मधुसुधन न्यौपालनेले बताउनु भयो ।
शाहलाई इलाका प्रहरी कार्यालय छिन्चुमै राखेर लागु औषध ओसार पसार सम्वन्धी मुद्धामा अनुसन्धान भैइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
आरोप प्रमाणित भए शाहलाई एक वर्षदेखि ३ वर्षसम्म कैद र २५ हजार रुपैयासम्म जरिवाना हुने कानुनी व्यवस्था भएको प्रहरीले वताएको छ ।

प्रकाशित मितिः १२ मंसिर २०७४, मंगलवार ०९:३७

Leave a Reply

Your email address will not be published. Required fields are marked *