पाँच सय ३ वटा उजुरीमाथी अनुसन्धान

सुर्खेत, २० मंसिर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले अहिले ५ सय ३ वटा उजुरीको अनुसन्धान गरिरहेको बताएको छ ।
चालू आर्थिक वर्षको ४ महिनामा परेका ३ सय २३ वटा र गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ सय ८० उजुरीमाथी आयोगले अनुसन्धान गरिरहेको छ । आयोगमा परेका उजुरी मध्ये सवैभन्दा सुर्खेत र कम डोल्पाका रहेको कार्यालय प्रमुख ज्ञानराज सुवेदीले बताए । उनले सुर्खेतका १ सय ६ उजुरी दर्ता भएकोमा अहिलेसम्म ३२ वटा फछ्र्यौट भएको छन ।
दैलेखबाट ८५ उजुरी परेकोमा १९ वटा जाजरकोटबाट ७३ वटा उजुरी परेकोमा १२, कालिकोटमा ५८ वटामा ६ वटा, जुम्लामा ४२ मा १२, हुम्लामा ४० मा ५, रुकुम पश्चिममा ३५ मा ८, सल्यानमा ३३ मा ११, मुगुमा २१ मा ३ वटा फछ्र्यौट भएको छन । डोल्पाका ६ वटा उजुरी दर्ता भएका छन । कात्तिक मसान्तसम्म १ सय १२ वटाको फछ्र्यौट भएका छन ।


सुर्खेतमा अख्तियारको कार्यालय स्थापना भएको पहिलो वर्ष १ हजार ६४, दोस्रो वर्ष २ हजार १ सय ११, तेस्रो वर्ष २ हजार ६९, चौथो वर्ष ६ सय ३३ र गत आर्थिक वर्षमा ७ सय ५१ वटा उजुरी दर्ता भएका छन । अहिलेसम्म ३६ वटा मुद्दा विशेष अदालतमा दायर भएका छन । ती सबै मुद्दामा ९० जनालाई प्रतिवादी बनाइएको छ । आयोगले अहिलेसम्म २८ जनालाई रंगेहात पक्राउ गरेको जनाएको छ ।
आयोगले वुधवार कार्यालयमा गरेको पत्रकार सम्मेलनमा ४ वर्षको अवधिमा २ करोड १४ लाख ५६ हजार ७ सय १५ रुपैयाँ रकम असुली गरेको बताएको छ । सबैभन्दा बढी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्वद्ध १ सय ५५ वटा उजुरी परेका छन। त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका १ सय ४५ परेका छन भने सबैभन्दा कम उजुरी युवा तथा खेलकुद मन्त्रालयको एउटा रहेको छ ।
सुर्खेतमा भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका ३७ वटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका २३ वटा, वन तथा वातावरण मन्त्रालयका १९ वटा, स्वास्थ्य जनसंख्या मन्त्रालयका १० वटा उजुरी कार्यालयमा दर्ता भएका छन ।
सुर्खेतका १ सय ६ वटा मध्ये ३२ वटा फछ्र्योट भइसकेका छन भने ७४ वटा बाँकी छन ।
यही मंसिर २३ गते कार्यालयले भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउनको लागि प्रभातफेरी कार्यक्रमको आयोजना गर्ने बताएको छ ।

प्रकाशित मितिः २० मंसिर २०७५, बिहीबार ०४:५९

Leave a Reply

Your email address will not be published. Required fields are marked *