सुर्खेत, १ साउन ।
खाडी मुलुक साउदी अरबमा निधन भएका वीरेन्द्रनगर–३ भैरवस्थान सुर्खेतका दीपेन्द्रकेशर खनाल (दशरथ) को शनिवार विधि पूर्वक अन्तेष्ठी गरिएको छ ।
कामको सिलसिलमा साउदी अरब जानु भएका खनालको गएको जेठ १६ गते निधन भएको थियो ।
शुक्रवार साँझ ६ बजेतिर साउदीवाट काठमाडौ ल्याएको शव आज घरमा ल्याएर विधिपूर्वक अन्तेष्ठी गरिएको परिवारले जनाएका छन ।
शनिवार दिउँसो खनालको भेरी नदिमा विधिपूर्वक अन्तेष्ठी गरिएको आफन्तले जनाएका छन ।
गत वर्ष फागुन महिनातिर साउदी अवर जानु भएका उहाँको काम गरेर कोठामा आएर सुतेको अवस्थमा निधन भएको वताएको छ ।