हिलारी ट्रम्पभन्दा ५ प्रतिशतले अगाडी

tramp-hilariएजेन्सी
न्युयोर्क, ३ असोज
अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुन मुस्किलले आठ साता बााकी छ । निर्वाचन नजिकिादै जाादा निर्वाचनबारे निरन्तर मत सर्वेक्षण भइरहेका छन् । पछिल्लो सर्वेक्षणमा रिपब्लिकनका उम्मेदवार डोनाल्ड ट्रम्पको अवस्था सुध्रिएको छ । डेमोक्र्याटिककी उम्मेदवार हिलारी क्लिन्टनको अवस्था केही राज्यमा खस्किएको छ तथापि ट्रम्पभन्दा हिलारी नै अगाडि छिन् । विवादास्पद अभिव्यक्तिका बाबजुद पछिल्लो महिना ट्रम्पले उल्लेख्य प्रगति गरेका छन् ।

पाँच प्रतिशतको अन्तर
अमेरिकाको सिबिएस न्युज र न्युयोर्क टाइम्सले संयुक्त रूपमा गरेको राष्ट्रिय सर्वेक्षणमा हिलारीको पक्षमा ४६ प्रतिशत मत आउने देखाएको छ भने उनका प्रतिस्पर्धी ट्रम्पलाई ४१ प्रतिशत मत प्राप्त हुने देखिएको छ । तर, मतदानका लागि नाम दर्ता नभएका अमेरिकी नागरिकबीच गरिएको सर्वेक्षणले हिलारीले  ४६ प्रतिशत र ट्रम्पले ४४ प्रतिशत मत प्राप्त गर्ने देखाएको छ ।
गत महिनाको तुलनामा डेमोक्र्याटिकका समर्थकहरूमा उत्साह घटेको सर्वेक्षणले देखाएको छ । तर, रिपब्लिकनका समर्थक र प्रचार अभियानकर्तामा अनौठो जोस बढेको देखिएको छ ।

हिलारीको खस्कियो लोकप्रियता
अगस्टको दोस्रो साता सोही समाचार संस्थाले गरेको सर्वेक्षणमा ७७ प्रतिशत मतदाता हिलारीलाई मतदान गर्न उत्साहित रहेको जनाएका थिए । तर, यसपटक सो तथ्यांक ६४ प्रतिशतमा झरेको छ । त्यस्तै, ४३ प्रतिशत मतदाता ट्रम्पलाई मतदान गर्न उत्साहित देखिएकोमा एक महिनापछि यसमा वृद्धि भएर ६८ प्रतिशत पुगेको छ । हिलारीलाई महिला मतदाताले बढी मन पराएका छन् भने ट्रम्पलाई तुलनात्मक रूपमा पुरुष मतदाताले मन पराएका छन् ।

अशिक्षित समुदाय ट्रम्पको पक्षमा
सवेक्षणमा ट्रम्पलाई अफ्रिकी मूलका अमेरिकी मतदाताको मन जित्न गार्‍हो परेको देखिन्छ । त्यस्तै, हिलारीसाग गोराहरू नै असन्तुष्ट देखिन्छन् ।  गोरा समुदायका कम शिक्षित मतदातामध्ये  ५८ प्रतिशत अमेरिकी नागरिक ट्रम्प राष्ट्रपतिमा निर्वार्चित भएको देख्न चाहन्छन् । तर, हिलारीको भने गोरा समुदायका शिक्षित मतदातामाझ राम्रो प्रभाव देखिन्छ ।

प्रकाशित मितिः ३ आश्विन २०७३, सोमबार ०६:०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *