पाँच करोड ६० लाख मुआब्जा वितरण

बद्री पन्त
जाजरकोट
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले भेरी कोरीडोर ४ सय केभी ट्रान्समिसन लाइन आयोजनाको नलगाड सव स्टेशनको लागि जग्गा अधिकरण गरेको छ ।
जाजरकोटको नलगाड नगरपालिका ७ दानीपीपलमा कम्पनीले १ सय १२ रोपनी जग्गा अधिकरण गरेर स्थानीयबासीलाई मुआब्जा वितरण गरेको हो ।
१ सय ८० घरपरिवारको जग्गा अधिकरण गर्न ५ करोड ६० लाख मुआब्जा वितरण गरेको कम्पनीका इन्जिनियर राज किरण बासुकलाले बताउँनु भयो ।
अधिकरण गरेको जग्गामा एक हजार १ सय ७५ मिटर सिमा पर्खाल र गार्ड हाउस निर्माण थालेको छ, उहाँले भन्नु भयो ।
सिमा पर्खाल र गार्ड हाउस निर्माण आउदो भदौमा सक्नेगरी २ करोड २२ लाख ३८ हजार २ सय ४८ रुपैया लागतमा काम अगाडि बढाएको छ । मुलुककै ठुलो मध्येको एक ४ सय १७ मेघावाट विद्युत उत्पादन नलसिंह गाड आयोजना हो ।
यो आयोजना वाताबरण मैत्री, ड्याम कम पुरिने, जलाशयको आयु द्वीगो रहने, खेतीयोग्य जमिनको न्युन क्षेती हुने, विस्थापन कम हुने र भौगर्भिक अवस्था अत्यन्त राम्रो मानिएको छ ।
आयोजना निर्माणमा १ खरबको लागत खर्च हुने अनुमान गरीएको छ । निर्माण सम्पन्न भएमा आयोजना कर्णालीकै उर्जाको प्रमुख श्रोत बन्नेछ ।

प्रकाशित मितिः १ बैशाख २०७८, बुधबार ०७:४९

Leave a Reply

Your email address will not be published. Required fields are marked *