बद्री पन्त
जाजरकोट
जाजरकोटको कुशे गाउँपालिकाको जलजला पाटनमा गोठाला गएका सात जनालाई हावाहुरीले उढाएर बेपत्ता बनाएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिनु भयो ।
उनीहरु गाई, बाख्रा र भैसीलाई पाटन छोड्न जेठ ३१ गते पाटन पुगेका र हावाहुरीले उढाएर बेपत्ता बनाएको अध्यक्ष बस्नेतले बताउनु भएको छ ।
बेपत्ता हुनेहरुमा कुशे गाउँपालिका–८ औलरिजाका ३५ वर्षिय दिल बहादुर खड्का, २५ वर्षिय विक्रम खडका, २८ वर्षिय चन्द्रा खड्का, १८ वर्षिय भविन्द्र खड्का, १२ वर्षिय मीम खड्का, १७ वर्षिय धनसरा खड्का र ९ नम्बर पैंकका ४० वर्षिय कृष्ण रोकायलाई हावाहुरीले उढाएर बेपत्ता बनाएको हो ।
संगै गएका भक्तबहादुर रोकाय, ईश्वर रोकाय, दुर्गा रोकाय र गंगा खड्का चार दिनपछि घर फर्केका छन ।
पाटनमा बेपत्ता भएका ७ जनाको खोजीकार्यको लागि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षक सहित सात जनाको प्रहरी टोली पाटन तर्फ पठाइएको जाजरकोटका प्रहरी प्रमुख मधु कुमार थापाले जानकारी दिनु भएको छ ।
प्रतिकुल मौसम र भौगोलिक विकट्ता टेलिफोन सम्पर्कभन्दा बाहिर रहेको उक्त पाटन क्षेत्रमा खोजीकार्य गर्न गाह्रो भएको प्रहरी प्रमुख थापाको भनाइ छ ।