सुर्खेत — नेपाली कांग्रेस सुर्खेतको जिल्ला अधिवेशनमा संस्थापन समुहले क्लिन स्वीप गरेको छ । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा संस्थापन पक्षबाट शनिबार नै खड्ग पोखरेल सभापतिमा सर्वसम्मत चयन भएका छन् ।
आइतबार अन्य पदका लागि भएको निर्वाचनमा उपसभापतिमा विष्णु खड्का (१२०३) र टोपबहादुर रावत (११६०), सचिवमा देवकुमार सुवेदी (१२६७) र बालदिप कँडेल (११९२), सह–सचिवमा हरि विष्ट (११८०) र प्रकाश डिसी (११९६) मतका साथ विजयी भएका हुन् ।