जाजरकोटको ढिमे गाविसको पाँचकाटियमा रहेको रामचन्द्र प्राथमिक विद्यालयको नवनिर्मित नमुना भवन । पत्रकार बद्री पन्त खिचेको नमूना भवनको यो तस्वीर जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहको फेसबुकबाट । जिल्ला शिक्षा कार्यालय जाजारकोटले पछिल्लो समय जिल्लाका विभिन्न ठाउँमा नमुना विद्यालय भवन बनाउने अभियान थालेको जनाएको छ ।