निर्माणाधिन राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्य प्रगतिको स्थलगत अवलोकन गर्दै पूर्वगृहमन्त्री तथा काँग्रेस नेता पूर्णबहादुर खड्का । अहिलेसम्म भएको कामको बारेमा खड्कालाई जानकारी गराउँदै आयोजनाका प्रमुख शिवकुमार बस्नेत । भेरीको पानी बबई झारेर ४८ मेगावाट विद्युत उत्पादन गर्नुको साथै आयोजनाबाट बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर खेतमा सिंचाई गरिनेछ ।