कोपिला भ्याली सेवा समाज सुर्खेतले वाढीबाट प्रभावित २ वटा विद्यालयलाई ३२ लाख रुपैया सहयोग गरेको छ । बीरेन्द्रनगर नगरपालिका १५ मा रहेको कोपिला माध्यामिक विद्यालयलाई पर्सेनीलाई भवन बनाउन ३० लाख र नेपाल राष्टिय निम्न माध्यामिक विद्यालय लेखपराजुलाई डेस्क बेच्न बनाउन २ लाख रुपैया समाजले सहयोग गरेको छ । समाजका अध्यक्ष टोपबहादुर मल्लले कोपिला विद्यालयका अध्यक्ष रविन्द्रजंग शाही र नेरा निमाविका शिक्षक पूर्णबहादुर शाहीलाई चेक हस्तान्तरण गर्नु भएको छ ।