पहिरोमा परेर जाजकोटमा तीन जनाको मृत्यु

जाजरकोट, १५ भदौ ।
जाजरकोटको भेरी नगरपालिका २ तिमिले गाउँमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ ।
आइतबार बिहान दलबहादुर ओलीको घर पुरिँदा उनकी श्रीमती ३२ वर्षीया पार्वती ओली, छोरीहरु ९ वर्षीया मोतिकला र ३ वर्षीया धनसरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा उद्धार गरिसकिएको प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले बताए । उनले भने, घर मुली दलबहादुर घाइते छन् अस्पताल लाने तयारी भइरहेको छ ।

प्रकाशित मितिः १५ भाद्र २०७६, आईतवार ०९:१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *