एसओएस सुर्खेतका विद्यार्थी चीन र स्वीडेनका विद्यालयमा

सुर्खेत, ९ माघ । विद्यालयविद्यार्थी र शिक्षकवीच सिकाई आदान प्रदान गर्न एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय गरी तीन तहका विद्यालयसँग भगिनी सम्वन्ध जोडेको छ । स्थानीय स्तरमा भैरव माध्यामिक विद्यालय, राष्ट्रिय स्तरमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका साथै अन्तराष्ट्रिय स्तरमा चीन र स्वीडेनका विद्यालयसँग भगिनी सम्वन्ध जोडेको विद्यालयका प्राचार्य …

यसरी मनायो हर्मन माइनरले बार्षिक उत्सव

एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले यसपाली आफ्नो बार्षिक उत्सव नयाँ र फरक ढंगले मनाएको छ । बार्षिक उत्सवको अवसरमा बर्षभरी विद्यालयले संचालन गरेका विभिन्न खेलकुद प्रतियोगीताका बिजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरेको विद्यालयका प्राचार्य जगदिश ढकालले बताए । यसपालीको बार्षिक उत्सव आफुहरुले नयाँ र फरक किसिमले अनुभूति गरेको अभिभावकहरु बताउँछन् ।

सुविधा विस्तार गर्दै हर्मन माइनर विद्यालय

सुर्खेत, ५ कार्तिक । कर्णाली प्रदेशकै उत्कृष्ट विद्यालय एसओएस हर्मन माइनर माध्यामिक विद्यालयले विद्यार्थीको लागि सुविधा विस्तार गरेको छ । विद्यार्थीको लागि ८० सिट क्षमताका दुई वटा नयाँ बस ल्याएको प्राचार्य जगदिश ढकालले बताए । यसअघि भाडामा लिएर पुराना बस संचालन गरिरहेकोमा विद्यार्थीको सुविधालाई ध्यानमा राखेर नयाँ बस ल्याएको उनको …

नमूना विद्यालय नाममा कि काममा पनि ?

एउटा विद्यालयको प्रिन्सीपलको कथा हो यो । उनी आफू पढेको स्कूलमा त्यो स्कूलको अध्ययन छोडेपछि कहिल्यै गएका थिएनन् । जान पनि मन लाग्दैनथ्यो उनलाई । आफू अर्को विद्यालयको प्रिन्सीपल भएपछि भने त्यो स्कूलमा जानु पर्ने काम परयो । काम परेपछि एकपटक गए उनी । उनी त्यो स्कूलमा जाँदा पहिलेको सम्झना …

एसओएस सुर्खेतमा बुद्धिचाल

सुर्खेत, १ असोज । राष्ट्रिय बाल दिवसको अवसरमा एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले जिल्ला स्तरीय अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता आयोजना गरेका छ । प्रतियोगीमा विद्याज्योति माध्यामिक विद्यालयका विवेक भण्डारी प्रथम, कोपिला भ्याली माविका विकास खड्का द्वितीय, इन्टरनेशनल माविका विजय चौलागाई तृतीय र त्रिपुरेश्वर माविका झलकबहादुर शाहीले सान्त्वना स्थान हासिल गरेको …

संगठनको अध्यक्षमा नेपाली

सुर्खेत, २६ भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्वतन्त्र दलित विद्यार्थी संगठनको अध्यक्षमा धनबहादुर नेपाली चयन भएका छन् । बिहिवार भएको प्रथम भेलाले उपाध्यक्षयमा ज्योति बिक, सचिवमा टेक बिक, सह सचिवमा सुरेश सार्की, र कोषाध्यमा कल्पना विकलाई चयन गरेको छ । १६ सदसिय समितिको सदस्यमा बिष्णु रसाइली, सुरेश सुनार, संगम महर, दिपक …

कोषाध्यक्षमा आचार्य निर्वाचित

सुर्खेत, २२ भदौ । गुणस्तरीय शिक्षाका अभियन्ता टीकाराम आचार्य शिक्षाका लागि राष्ट्रिय अभियान (NCE Nepal )को कोषाध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौमा भएको भेलाले उनलाई सर्वसम्मत रुपमा राष्ट्रिय कोषाध्यक्षमा चयन गरेको हो । समाज जागरण केन्द्र स्याक नेपालका कार्यकारी निर्देशक समेत रहेका आचार्य सुर्खेतको अमरज्योति नमुना माध्यामिक विद्यालय व्यवस्थापन समितिका …

यसरी मनाइयो एसओएस सुर्खेतमा युवा दिवस

सुर्खेत, २७ साउन । शिक्षामा रुपान्तरण उघमशीलता र नवप्रवर्तन भन्ने नाराका साथ अन्तराष्ट्रिय युवा दिवस सुर्खेतमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा युवाहरुको व्यापक सहभागितामा अमेरिकन कर्नर सुर्खेत युथ फोरम , एसओएस बालग्राम, एसओएसहर्मन माईनर विद्यालयको संयुक्त आयोजनामा रचनात्मक अन्तरक्रियात्मक कार्यक्रमहरु गरेर भव्य रुपमा मनाइएको छ । कविता …

लवकुशको चौतफी चर्चा

जाजरकोट, १८ श्रावन । जाजरकोटको नलगाड नगरपालिका- २, डाँडागाउँको रिजामा राउड टेबुल नेपालले आधुनिक सुविधायुक्त विद्यालय भवन निर्माण गरिरहेका छ । भवन निर्माणको जिम्मा लिएको शिलाकन्या देवी कन्स्ट्रक्सनले निर्माणको करिव ७० प्रतिशत काम सकिएको जनाएको छ । कन्स्ट्रक्सनका बिनोद लामाले अवको डेढ महिनाभित्रै निर्माणको काम सकेर भवन गाउँलेलाई हस्तान्तरण गर्ने …

भेन्डिङ मेसिन प्रयोग गर्ने, कर्णालीकै पहिलो विद्यालय

सुर्खेत, १७ श्रावन । विद्यालयमा एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले छात्राहरुको लागि स्यानेटरी प्याड भेन्डिङ मेसिन जडान गरेको छ । महिनावारीको समयमा उनीहरुको पढाईमा असर पर्न नदिन भेन्डिङ मेसिन जडान गरिएको विद्यालयले बताएको छ । शुक्रवारदेखि संचालनमा आएको भेन्डिङ मेसिनबाट दुई र पाँच रुपैंयाको सिक्का हालेपछि प्याड निस्कन्छ । विद्यालयका छात्राको …