शल्यक्रिया शिविरमा महिलाको मृत्यु

मुगु : कर्णाली प्रदेश सामाजिक मन्त्रालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आयोजना गरेको पाठेघर खसेका महिलाका लागि आयोजित शल्यक्रिया शिविरमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ। जेठ ९ गते देखि १५ सम्म संचालित शल्यक्रिया शिविरमा उपचार गर्दै गर्दा सोरु गाउँपालिका५ कि ४५ वर्षीया कन्न कला बिष्टको मृत्यु भएको हो। जिल्ला …

हुम्ला कर्णाली थुनिएको आशंका

सुर्खेत – चीनको तिब्बत हुँदै बग्ने हुम्ला कर्णाली थुनिएको आशंका गरिएको छ। नाम्खा गाउँपालिकाको मुचु क्षेत्रमा पानीको बहाव घटेपछि तल्लो तटीय क्षेत्रका बस्तीका बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले अपिल गरेको छ। मुचु क्षेत्र चीनसँगको सिमाना हिल्सादेखि १४ किलोमिटर दक्षिणमा पर्छ। हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले मुचुभन्दा तल्लो क्षेत्रमा पानीको …

महिनावारी हुँदा खुला ठाउँमा वास

हुम्लामा यतिवेला माइनस १० डिग्रीको जाडो छ । त्यसमाथि खुला आकाशमुनिको चौर । चिसो हावा चलिरहन्छ । यस्तो मासममा हुम्लामा महिनावारी भएकी महिलाले ४ देखि ६ दिनसम्म खुला चौरमा जीवन गुजार्नुपर्ने हुन्छ । सुन्दा कथाजस्तो लागे पनि यो काल्पनिक घटना होइन । हुम्ली महिलाको यथार्थ पीडा हो । यहाँका महिलाको जब महिनावारीको समय आउँछ, उनीहरूमा एकखालको …

छोराको पर्खाइमा ज्यान जोखिमा

सिमकोट : ताँजकोट गाउँपालिका–२ कटेलगाउँकी ३५ वर्षीया शर्मिला जैशीका सात छोरी छन् । छोरा पाउनुपर्छ भन्ने घरपरिवारको दबाबले इच्छाविपरीत बच्चा जन्माउन बाध्य भएको उनको गुनासो छ । १६ वर्षमै बिहे गरेकी उनले भिडियो एक्सरेबाट छोरी भएको थाहा पाएपछि ३ छोरीको गर्भपतनसमेत गरिन् । हरेक वर्षजस्तै गर्भवती भएकी शर्मिलाले ज्यान जोखिममा राखेर …

सुत्केरीलाई प्रसूति भत्ता

हुम्ला:  जिल्लाका गाउँपालिकामा रहेका स्वास्थ्य केन्द्रले सुत्केरीलाई उधारोमा सुत्केरी भत्ता दिन थालेका छन्। केन्द्रबाट दिइने सःशर्ततर्फको वार्षिक विनियोजित बजेट प्राप्त नहुँदा यहाँका महिला उधारोमा प्रसूति भत्ता स्वीकार्न बाध्य भएका छन्। नियमानुसार हिमाली क्षेत्रमा महिलाले बर्थिङ सेन्टरमा बच्चा जन्माएपछि एक हजार पाँच सय रुपैयाँ प्रसूति भत्ता पाउने व्यवस्था छ। सरकारले भत्ताको व्यवस्था गरेपछि यसरी बर्थिङ सेन्टरमा …

दुई वर्षभित्रै हुम्ला सदरमुकाम सिमिकोट सडक संजालमा जोडिने

सुर्खेत, ८ असोज । दुई वर्षभित्रै कर्णाली अन्चलको हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट सडक संजालमा जोडिने भएको छ । कालिकोटदेखि हुम्लाको सिमिकोट जोड्ने सडक निर्माणको काम तिव्र गतिमा भैइरहेकोले आउदो २ वर्षभित्रै सडक संजालमा जोडिने भएको हो । कर्णाली करिडोर अन्तर्गत अहिले सडक निर्माणको काम भैइरहेको छ । कर्णाली करिडोर निर्माणको …

हुम्लामा नेपालको सिमाना मिच्दै चीन

हुम्ला २९, असार । चीनले लिमी गाविसस्थित 9ललुङमा सीमा मिचेर एकतर्फी भौतिक संरचना निर्माण गरेको छ । अघिल्लो वर्ष बनाएको घर नजिकै थप संरचना थालेको स्थानीयवासीले बताएका छन् । लिमी ३ हल्जीका पाल्ज्योर तामाङले हराएको ११ नम्बर सीमा स्तम्भभन्दा चार किलोमिटर वारिको नेपाली भूमि ललुङमा घर बनाएको बताए । ‘अघिल्लो …