कालिकोटमा निशुल्क स्वास्थ्य शिविर, हजार बढीको उपचार

कालिकोट १७, बैसाख । कालिकोटको पचालझरना गाउँपालिकामा भएको निुशल्क स्वास्थ्य शिविरमा एक हजार भन्द बढीले सेवा लिएका छन् । प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काको नेतृत्वमा बैसाख १३ देखि १५ गतेसम्म भएको पचालझरना गाउँपालिकाकाको जारकोटमा निशुल्क शिविर भएको थियो । प्रदेश अस्पताल सुर्खेत, विंग्श फाउण्डेसन, नेपाल बालपोलि क्लिनिक …

कर्णाली करिडोरको आधा काम सकियो

कालिकोट : कर्णाली करिडोर निर्माण कार्यले तीव्रता पाएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिइएको ‘नर्थ साउथ ग्रोथ एक्सिस’ कर्णाली करिडोरको निर्माण कार्यलाई सेनाले दु्रत गतिमा अघि बढाएको छ। एक सय ९६ किलोमिटर लामो करिडोरमध्ये नेपाली सेना र सडक विभागले ९४ किलोमिटर सडक निर्माण गरिसकेको छ। कालिकोटमा ४०, बाजुरामा ४३ र हुम्लामा …

धामीले नै पठाउँछन् अस्पताल

कालिकोट : पलाँता–१ का गोरख बुढा स्थानीय मष्टो देवताका मुख्य धामी हुन्। रुघाखोकीदेखि अन्य रोग लाग्दा छरछिमेकी झारफुक गर्न उनीकहाँ आउँथे। तर, उनीकहाँ ‘हेराउन’ आउनेहरू अस्पताल जान थालेका छन्। धामीले नै ‘अस्पताल जानू’ भन्न थालेपछि स्थानीय अचम्ममा पर्दै आएका छन्। आफूलाई विश्वास गरेर आउने बिरामीको मन–शान्तिका लागि ‘हेर्ने’ गरेको उनको भनाइ …

आगलागीमा नेताकै नेतृत्वको ‘दारु पार्टी’ मुख्य कारण

कालिकोट : कालिकोटको खाडामा गत साता रक्सी पार्टीका कारण आगलागी भएको हुनसक्ने बुझिएको छ । रक्सी र मासु सहितको पार्टीबाट फालिएको चुरोटको ठुटोबाट आगो सल्किएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी प्रमुख विनोद शर्माका अनुसार घटनाका दोषीहरु केही दिनमै सार्वजनिक हुने छन् । ‘को को व्यक्ति कहाँ दारु पार्टी गरेर आगलागी …

अग्नी पीडितलाई अमेरिकाबाट जयन्तीको सहयोग

सुर्खेत, १५ पुष । कालिकोटका अग्नी पीडितहरुलाई अमेरिकामा रहेकी समाजसेवी जयन्ती थापाले आर्थिक सहयोग गरेकी छन । पीडितलाई व्लाङकेट किन्नको लागि उनले १५ हजार रुपैया सहयोग गरेकी हुन । कैलालीको लम्कीस्थीति युथ लिडरसिप कर्नर मार्फत उनले पलता गाउँपालिका १ न्यौपानेखाडा गाउँका अग्नी पीडितलाई सहयोग गरेको त्यसको संयोजन गरिहेका कृष्ण बटालाले …

कर्णाली प्रदेश सरकारले कालिकोटका अग्नी पीडितको घर बनाइदिने

सुर्खेत, १४ पुष । कर्णाली प्रदेश सरकारले कालिकोटका अग्नी पीडितहरुलाई घर निर्माणमा सहयोग गर्ने भएको छ । प्रदेश सरकारले घर निर्माणको लागि प्रतिपरिवार पाँच लाख रुपैया आर्थिक सहयोग गर्ने भएको हो । शनिवार बीरेन्द्रनगरमा पत्रकार सम्मेलन मार्फत मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गदै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले …

आगलागी पीडितलाई प्रदेश सरकारको राहत घोषणा

सुर्खेतः  कर्णाली प्रदेश सरकारले आगलागी पीडितलाई राहत उपलब्ध गराउने भएको छ।कालिकोट पलाँता गाउँपालिकामा आइतबार रातिदेखि आगलागी भएको छ। प्रदेश सरकारले आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ। गाउँपालिकाको वडा नम्बर १ खाडान्यौपाने वडामा आगलागीबाट पूर्णरुपमा घर जलेपछि प्रदेश सरकारको मुख्यमन्त्रीस्तरीय बैठक बसी रात उपलब्ध गराउने निर्णय गरेको हो। मुख्यमन्त्रीको …

उजाड पाखा हरियाली

हरियो वन मासिने क्रम बढेको छ । कतिपय ठाउँमा त ‘हरियो वन तस्करको धन’ भनेर व्यंग्य गरिन्छ । तर, कालिकोटको खाँडाचक्र नगरपालिका–५ दाहाँ घोडेनाको जनकल्याण सामुदायिक वनका उपभोक्ताले भने उजाड पाखालाई हरियाली बनाएका छन् । ३० वर्षअघि गरेको वृक्षरोपणले अहिले हरियाली भएको हो । सामुदायिक वनमा सल्ला र देवदारका रूख रोपिएका थिए । दाहाँको घोडेना …

स्थानीय तहलाई बालमैत्री बनाउनुपर्छ

कालिकोट : कालिकोट जिल्लाको तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले स्थानीय तहको निर्वाचनका बेला जनताले गरेका अपेक्षा पूरा गर्न नसकिएको बताएका छन्। भिडिसेफ नेपाल कालिकोटले बिहीबार जिल्ला सदरमुकाम मान्ममा आयोजित युवा सशक्तिकरण परियोजनाको वार्षिक समीक्षा गोष्ठीमा नगर प्रमुख शाहीले यस्तो बताएका हुन्। कार्यक्रममा युवा सशक्तिकरण परियोजनाले नगरमा रहेका विपन्न परिवारका बालबालिका तथा …

‘वडाध्यक्षले मागे उपभोक्ता समितिसँग घुस’

कालिकोट : कालिकोटको खाँडाचक्र नगरपालिका ६ का वडा अध्यक्ष जगदीश शाहीले घुस मागेको उपभोक्ताले आरोप लगाएका छन्। आर्थिक वर्ष २०७४/०७५ मा वडाबाट सञ्चालन गरिएका अधिकांश योजनाबाट वडाध्यक्ष शाहीले लाखौँ रुपैयाँ घुस माग्ने गरेको उपभोक्ता समितिका पदाधिकारीले आरोप लगाएका हुन्। नगरपालिकाको मोल्फा सेरी हुँदै उडीसम्मको सडक निमार्णमा बनेको उपभोक्ता समितिबाट अध्यक्ष शाहीले …