प्रधानमन्त्री सम्भावित दावेदार काँग्रेस उपसभापति खड्का फराकिलो मतान्तरले निर्वाचित

सुर्खेत कर्णाली प्रदेशबाट प्रधानमन्त्रीको सम्भावित दावेदारको रुपमा हेरिएका काँग्रेसका उप सभापति पूर्णबहादुर खड्का फराकिलो मतान्तरसहित प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका छन् । वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उनले नेकपा एमालेका धुब्रकुमार शाहीलाई ११,६१९ मतान्तरले पराजित गरेका छन् । पाँचदलीय गठबन्धनका संयोजक समेत रहेका खड्काले ४२,६०७ र निवर्तमान सासद शाहीले ३०,९८८ मत …

दैलेख १ क मा काँग्रेसका खत्री विजयी

सुर्खेत दैलेख क्षेत्र नम्वर १ प्रदेश सभा क बाट गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका पूर्णबहादुर खत्री विजयी भएका छन् । एमालेका उम्मेदवार धर्मराज रेग्मीलाई १३९२ मतान्तरले पछि पार्दै उनी प्रदेश सभा सदस्यमा विजय भएका हुन । खत्रीले ९,४६४ र रेग्मीले ८०९२ मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेदवार हृदयराज शाहीले १०७९, …

भारी मतान्तरसहित थानी प्रतिनिधी सभा सदस्यमा निर्वाचित

सुर्खेत काँग्रेस नेता हृदयराम थानी सुर्खेत क्षेत्र नम्वर २ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार थानीले एमालेका अमृत बिसीलाई ५०६७ मतको अन्तरले पराजित गरेका छन् । पूर्व केन्द्रीय सदस्य समेत रहेका थानीले ३४,६२५ र बिसीले २९,५५८ मत हासिल गरेका छन् । पूर्व गरिवी निवारण …

यामलाल कँडेलद्धारा २८ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक

आगामी मंसिर ४ मा हुने प्रदेशसभा निर्वाचनका लागि पार्टी कार्यालयमा  २८ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गर्दैमा सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा नेकपा एमालेबाट प्रत्यक्षतर्फका उम्मेदवार बनेका पार्टी स्थायी कमिटी सदस्य एवं प्रदेश ईन्चार्ज यामलाल कँडेलले अबको प्रदेश सरकार आफ्नै नेतृत्वमा बन्ने दाबी गरेका छन् । कँडेलले ‘समृद्ध नेपाल, …

ताजा जनादेशको विकल्प छैन् महामन्त्री खड्का

सुर्खेत नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले अब कांग्रेसले आफ्नो नेतृत्वमा सहमतीय सरकार बनाउने र उक्त सरकारले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्ने बताएका छन् । सुर्खेतको बीरेन्द्रनगरमा शुक्रबार भएको नेपाल राष्ट्रिय मगर संघको कर्णाली प्रदेशस्तरीय भेलामा उनले ताजा जनादेशले मात्र संविधानले परिकल्पना गरेका लक्ष्य, उद्देश्य पूरा गर्न सक्ने दावी गरे …

कर्णालीमा एमालेद्वारा समर्थन फिर्ता

नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ। सो दलको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले बताए। १० जना सांसदको उपस्थितिमा बसेको दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने, दलको बैठकमा अनुपस्थित हुने सांसदलाई लिखित स्पष्टीकरण …

देवकोटासहित सुर्खेतबाट झण्डै एक दर्जन नेकपा केन्द्रीय सदस्य

सुर्खेत नेकपा सुर्खेतका युवा नेता कुलमणी देवकोटा नेकपा ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । उनीसँगै सुर्खेतबाट स्वास्थ्य राज्यमन्त्री नवराज रावत, वालाराम शर्मा, जिल्ला विकास समिति सुर्खेतका पूर्व सभापति वालकृष्ण विसी, राष्टिय सभा सदस्य सुमित्रा विसी, प्रदेश सभा सदस्य राजु गुईदेल, चूडामणि शर्मा लगायत झण्डै एकदर्जन नेताहरु ओली समूहको …

अमेरिकी राष्ट्रपति पदका विजेता जो बाइडन को हुन्?

जो बाइडन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन्। डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्। बीबीसीले गरेको प्रक्षेपण अनुसार उनले महत्त्वपूर्ण पेन्सिल्भेनिया राज्यमा विजय हासिल गरेसँगै राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक २७० मत …

प्रस्तावका पक्षधर भन्छन् “विधि र प्रक्रिया मिचेर गरेको निर्णय अमान्य”

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव विफल भएको छ। कर्णाली प्रदेश सभा नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली खोमाका भनेर चिनिएका यामलाल कँडेलसहितका सांसदहरू भने अनुपस्थित थिए। प्रमुख सचेतक सीता नेपालीले दलको बैठकमा प्रदेश सरकारका दुई जना बहालवाला मन्त्री र उपसभामुख पनि सहभागी नभएको बताइन्। …

मुख्यमन्त्री विरुद्ध ल्याउन लागिएको ‘अविश्वासको प्रस्ताव असफल’

प्रकाश पन्त बीबीसी न्यूज नेपाली नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका प्रदेश सांसदहरू एक ठाउँमा उभिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव असफल भएको दाबी गरिएको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले नेता नेपालनिकट भनिएका सांसदहरूको साथ छुटेपछि अविश्वास प्रस्ताव असफल भएको …