दैलेखमा जिप दुर्घटना : तीन जनाको मृत्यु, ६ गम्भीर घाइते

सुर्खेत– दैलेखकाे ठाँटिकाँध गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । सुर्खेतबाट ठाँटिकाँध गाउँपालिकाको वडा नं. ३ बाहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नं. को जिप बुधबार बिहान करिव ८ बजे धामीगाउँ नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा ठाँटिकाँध गाउँपालिका ३ का अन्दाजी ४७ वर्षीय राजेन्द्रबहादुर शाही, वडा नं. १ का अन्दाजी ३० वर्षीय निर्मल बम र अर्का एक जनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले तीन जनाको मृत्यु भएको पुष्टी गरे ।

प्रकाशित मितिः १२ मंसिर २०७५, बुधबार १०:१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *