दैलेखमा जीप दुर्घटना पाँच जनाको मृत्यु

सुर्खेत, १२ मंसिर ।
पश्चिम दैलेखको ठाँटीकाँध गाउँपालिकाको धामीगाउँ नजिकै जीप दुर्घटना हुँदा चालकसहित पाँच जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
सुर्खेतबाट ठाँटीकाँध गाउँपालिका–३ बहाँकोटको लागि छुटेको भे १ च २२०७ नम्बरको जीप बिहान साढे ८ बजेतिर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी ठाँटीकाँध गाउँपालिकाका निर्मल बम, राजेन्द्र शाही, रत्ना शाही, रमेश शाही र दिलीप शाहीको मृत्यु दैलेखका प्रहरी प्रमुख डिएसपी ठाकुर पोख्रेलले बताए ।
दुर्घटनामा परी दुई जनाको घटनास्थलमै र तीन जनाको उपचारको लागि ल्याउदै गर्दा बाटोमै ज्यान गएको पनि उनले बताए । दुर्घटनामा घाइते मनिषा राजकोटी, जुद्ध विक र शमसेर बमलाई उपचारको लागि नेपालगंज लगिएको छ ।


कच्ची सडकको मोडमा जीपलाई व्याक गरेर मोडन खोज्दा दुर्घटना भएको पनि डिएसपी पोख्रोलले जानकारी दिए । सडकबाट ५० मिटर मिटर तल खसेको जीपमा चालकसहित ८ जना रहेको प्रहरीले बताएको छ । शवलाई दुल्ल अस्पतालको शव गृहमा राखिएको र पोष्टमार्टम गरेर आफन्तलाई बुझाइने पनि प्रहरीले बताएको छ ।
यसैवीच कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले दुर्घटनाको खवरले स्तव्ध भएको बताएका छन ।
शाहीले विज्ञप्ती मार्फत मृतकका आफन्तप्रति समवेदना प्रकट गदै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामनासहित उनीहरुको उपचारमा प्रयाप्त ध्यान दिन सम्वन्धीत निकायको ध्यानकर्षण गराएका छन ।

प्रकाशित मितिः १२ मंसिर २०७५, बुधबार १८:०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *