छोराले गरे आमाको हत्या

दैलेख, २ पुष ।
दैलेखमा एक जनाले आफ्नै आमाको हत्या गरेका छन । मानसिक सन्तुलन गुमाएका नारायण नगरपालिका ३ भुर्ति गाउँका २६ बर्षिय वालाराम नेपालीले ४६ बर्षिय आमा पार्वतीको हत्या गरेका हुन । मानसिक सुन्तुलन गुमाएका उनले सोमबार दिउँसो १ बजेतिर घरमै बसिरहेको अवस्थामा कोदालोले टाउकोमा हिर्काएका आमाको हत्या गरेको प्रहरीले जनाएको छ । कोदालो प्रहारबाट आमाको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ ।
केही समयदेखि मानसिकरुपमा अस्वस्थ वालाराम सोमबार दिउँसो आत्महत्या गर्छु भन्दै डोरी बोकेर घरबाट जान लागेको बेला आमाले रोकेपछि रिसको झोकमा कोदालोले हिर्काएको दैलेखका प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले बताए । कोदालोले हिर्काएपछि मुर्छित बनेकी पार्वतीलाई बचाउन गएकी ७० वर्षीया जुहारा नेपाली, मनिसरा नेपाली र कौशिला नेपाली पनि घाइते भएका छन । उनीहरुको दैलेख अस्पतालमा उपचार भैरहेको छ ।
छिमेकीले घटनाबारे खबर गरेपछि घटनास्थल पुगेको प्रहरी टोलीले वालारामलाई पक्राउ गरेको छ । छोराको कोदालो प्रहारबाट ज्यान गुमाएकी पार्वतीको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।

प्रकाशित मितिः २ पुष २०७५, सोमबार १७:१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *