सुर्खेत, २९ कार्तिक ।
सुर्खेत प्रहरीले डोल्पाबाट काठमाडौ लिन लागिएका २८ जना वालवालिकाको उद्धार गरेको जनाएको छ ।
डोल्पाको तिन्जेका चोजिन जिन्टुले विना कागजात र विना संरक्षक काठमाडौ लिन लागेका ५ देखि ९ बर्ष उम्मेरका वालावािलकालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय छिन्छुले नेपाल जोनाङ्ग बौद्धिष्ट ईन्ष्टिच्युट फरफिङ काठमाण्डौ लैजादै गरेको अवस्थामा बालवालिकाको उद्धार गरेको हो ।
उद्धार गरिएका सवै वालावालिकालाई महिला तथा बालबालिका कार्यालय सुर्खेतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।