हिउँको मारमा डोल्पाली

बद्री पन्त
डोल्पा २३, फागुन
कर्णालीको विकट जिल्ला डोल्पा भौगोलिक रुपले विकट मानिन्छ । यो जिल्लामा सडकको सहज पहँच छैन । त्यसैमा विकट बनाइ दिएको छ हिमपातले । गत फागुन १४ गते परेको हिमपात अझैँ विलाएको छैन । चिसोका कारण दम, रुघाखोकी, डायरिया र पेट दुख्ने लगायतका बिरामी बढेका छन । चिसोले बिरामीलाई निकै सकस पारेको छ ।
डोल्पाको सदरमुकाम दुनै लगाएत स्थानमा झण्डै ३ फिट हिउँ जमेको छ । वरिपरिका डाँडाकाडामा करिब ५ देखि ६ फिटसम्म हिउँ जमेको छ । हिउँ पग्लन केहि समय लाग्ने स्थानीयको अनुमान छ । यो बर्ष १७ औं पटक हिउँ परेको थियो डोल्पा जिल्लामा । डोल्पामा ३१ वर्षपछिकै बाक्लो हिमपात भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताउनु भयो ।


हिमपातका कारण चिसो ह्वात्तै बढेकाले जनजीवन प्रभावित बनेको छ । नागरिकहरुलाई गाईबस्तु गोठबाहिर निकाल्न सकिएको छैन । बाक्लो हिउँका कारण सरकारी तथा गैरसरकारी कार्यालयमा कामकाज समेत ठप्प भएका छन् । शिक्षण संस्थाहरु बन्द छन् । चिसोले बालबालिका, वृद्धवृद्धा प्रभावित भएका अध्यक्ष शाहीले बताउनु भयो । हिउँले विद्यालयल ढाकेको छ कसरी पढाउने समस्या छ अध्यक्ष शाहीले बताउनु भयो ।
यो वर्षको हिउँद याममा १७ औं पटकको हिमपातले किसानहरु भने हिउँदेबाली सप्रनेमा खुसी भएका छन् । हिउँले बोट विरुवा उत्पादनमा सघाउ पुग्ने बताइएको छ बाक्लो हिमपातमा बालवालिकाहरु हिउँ खेलेर रमाउने गरेका छन । हिमपात र वर्षाको कारण जिल्लामा धेरै जाडो बढेको छ । हिमपातका कारण चिसो बढेपछि उपल्लो डोल्पाको जनजीवन प्रभावित भएको छ । हिउँको कारण सयौं चँउरी, भेडाबाख्रा, गाई लगाएत पशुबस्तुहरु मरेका मुड्केचुला गाउँपालिका ५ सुरका शितल शाहीले बताउनु भयो ।


जिल्लाको ठुली भेरी नगरपालिका, त्रिपुरा सुन्दरी नगरपालिका, जगदुल्ला गाउँपालिका, मुड्केचुला गाउँपालिका, फोक्सोण्डो गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका, काईके गाउँपालिका, छार्क तान्सेन गाउँपालिका लगायतका विभिन्न ठाउँमा बाक्लो हिमपात भएको छ । हिमपातपछि कृषकहरू भने धेरै खुसी भएका छन् । हिउँ परेको वर्ष अन्न धेरै फल्ने स्थानीय तारा शाहीले बताउनु भयो ।
हिउँपहिरोको कारण १ सय वाट क्षेमताको जैरीगाड साना जलविद्युत आयोजनाको नहर बगाउँदा एक साता देखि डोल्पाको सदरमुकाम दुनै बजार अन्धकार छ भने १ हजार ४ सय घरपरिवार विजुली बत्ती बाल्नबाट बन्चित भएका छन । हिउँका कारण टेलिफोन, मोबाईल तथा इन्टरनेट सेवा अवरुद्ध भएको रेडियो डोल्पाका अध्यक्ष बिष्णुलाल बुढाले बताउनु भयो ।
घरका छानोबाट भुइँसम्म हिउँले ढाकेको छ । जताततै हिउँले बाटो छेकेको छ । पुस माघ महिनामा पर्ने हिउँ जलवायु परिवर्तनको कारण फागुन दोस्रो सातासम्म परेको स्थानीयले बताएका छन । हिउँको कारण विकासे कामकाज प्रभावित भएको छ डोल्पा जिल्लामा बुढाले भन्नु भयो ।

प्रकाशित मितिः २३ फाल्गुन २०७५, बिहीबार ०५:५४

Leave a Reply

Your email address will not be published. Required fields are marked *