सुकमाया थापा
डोल्पा २९, फाल्गुन ।
डोल्पाको मुड्केचुला गाउँपालिकामा ३१ जना कर्मचारीको दरवन्दी सिर्जना छ । तर गाउँपालिकामा दरवन्दी अनुसारका कर्मचारी नहुदा गाउँपालिकाको दैनिक सेवा प्रवाहमा समस्या भएको छ ।
गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत १, लेखा अधिकृत १, लेखापाल १, नायब सुब्वा ६, इन्जिनियर १, लेखा परिक्षक १, कार्यलय सहयोगी १ जना गरी ३१ जना कर्मचारीको दरवन्दि सिर्जना गरिएको छ । दरवन्दि अनुसार कर्मचारी नहुदा गाउँपालिकाबाट दैनिक प्रवाह गरिने सेवा प्रवाहमा समस्या छ । ९ वडामा ९ जना वडा सचिब हुनु पर्नेमा २ जनाको भरमा काम गर्दै आएका छन ।
वडा सचिव मुणी कृष्ण जैसीले १,२ र ३ र रत्नबहादुर जिसीले ४,५,६,७,८ र ९ वडाको कामको जिम्मेवारी पाएका छन । अहिले प्रमुख प्रशासकीय अधिकृत सहित दुई जना सहायक लेखा प्रशासनका कर्मचारी तथा २ जना वडा सचिवको भरमा कार्यालय चलेको र कामकाज गर्न असहज भएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताउनु भयो । गाउँपालिकाले ९ जना प्राविधिक करारमा राखेको जनाएको छ ।
कर्मचारी अभाव हुदा स्थानीय निकायबाट प्रवाह हुने विकास निर्माण, नागरिकाता सिफारिस, जन्म दर्ता विवाह दर्ता, सामाजिक सुरक्षा लगायत सेवा प्रवाहमा समस्या भएको हो । सेवा लिन आएका सेवाग्राही सेवा नपाएर रित्तो हात घर फर्कने गरेका छन् भने कतिपय सेवाग्राही सेवा लिन सातादिन कुरेर बस्नु पर्ने बाध्यता छ ।
गाउँपालिकाको विषयगत कार्यालयका प्रमुखहरु आफुखुसी बिदामा वस्ने गर्दा गाउँपालिकाको कामकाजमा वाधा पुग्ने गरेको । १३ वटा विद्यालयका ७० प्रतिशत शिक्षकहरु विद्यालयमा नआएर तलव खाने गरेको गाउँपालिकाले गरेको अनुगमणबाट फेला परेको छ ।
नियमित विद्यालयमा नआउने काम चोर शिक्षकलाई गाउँपालिकाले स्पष्ठीकरण सोधेको छ । कर्मचारीहरु कार्यालयमा उपस्थित नभएर आफखुसी विदा बस्ने गरेको पाइएपछि गाउँपालिकाले अनुगमनमा कडाइ गरेको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले बताउनु भएको छ ।