वक्तित्वकला प्रतिस्पर्धामा भरपुरकी छात्रा शिक्षा पौडेल प्रथम

अन्तर एसओएस हर्मन मानइर विद्यालय स्तरीय वक्तित्वकला प्रतियोगीतामा भरपुरकी छात्रा शिक्षा पौडेल प्रथम पुरस्कार हासिल गर्न सफल भएकी छन् ।
यस्तै हर्मन माइनर विद्यालय गण्डकीका सौगात केसी दितीय, सानोठिमीका शंकर ढकाल तृतीय र पोखराका तेन्जिङ्ग देकयोङ्ग चौथो भएको एसओएस हर्मन माइनर विद्यालय सुर्खेतका प्राचार्य जगदिश ढकालले बताए ।


एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले भर्चुअल मोडमा पहिलो पटक आयोजना गरेको प्रतियोगीतामा प्रथम, दितीय, तृतीय र चौथो हुने प्रतियोगीलाई क्रममा छ हजार, चार हजार, तीन हजार र दुई हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको पनि उनले बताए ।
मानव जगतलाई कोभिड -१९ को सन्देश सम्वन्धी विषयमा अंग्रेजी माध्यममा   गरिएको उक्त प्रतियोगीतामा सात वटा एसओएस हर्मन माइनर विद्यालयका १४ जना विद्यार्थीले भाग लिएका थिए ।


अन्तराष्ट्रिय एसओएस दिवसको अवसरमा विगतका बर्षहरुमा सप्ताहाव्यापी कार्यक्रम गदै आएको एसओएस नेपालले यसपाली भने कोरोनाभाइरस महामारीले गर्दा त्यस्ता प्रतियोगीता नगरेर भर्चुअल मोडबाट वक्तित्वकला आयोजना गरेको जनाएको छ ।
प्रतियोगीताको शुभारम्भ गदै एसओएस बालग्राम नेपालका निर्देशक ईश्वरीप्रसाद शर्माले कोरोनाभाइरसले गर्दा विगतको जस्तो सप्ताहव्यापी कार्यक्रमको सट्टा प्रविधिको उच्चत्तम प्रयोग गदै भर्चुअल मोडबाट वक्तित्वकला आयोजना गरिएको बताए ।


उनले यस्तो बिषम अवस्थामा पनि कार्यक्रमको आयोजन गर्न सफल भएकोमा एसओएस हर्मन माइनर विद्यालय सुर्खेतको उच्च प्रशंसा पनि गर्नु भयो ।
एसओएस बालग्राम नेपालका शिक्षा तथा युवा विकास कार्यक्रम निर्देशक डा. गंगाबहादुर गुरुङ्गले आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिइने बताए ।


आकस्मिक तयारी स्वरुप माथिल्लो कक्षामा कम्तिमा पनि एउटा विषयको पढाई भर्चुअल मोडबाटै गर्ने जानकारी समेत उनले दिए ।
यस्तै एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्द्रकुमार गिरीले यस्तो प्रतियोगीताले विद्यार्थीको बैद्धिक क्षमता विकासमा टेवा पुग्ने बताए ।


प्रतियोगतिा आयोजक एसओएस हर्मन माइनर विद्यालय सुर्खेतका प्राचार्य जगदिश ढकालले कोरोना भाइरस महामारीको समयमा पनि उच्चत्तम प्रविधिको प्रयोगबाट एसओएसले आफ्नो कार्यक्रम कुशलतापूर्वक सम्पन्न गर्न सफल भएको बताए ।


प्रतियोगीतामा निर्णायकको भूमिका गैंडाकोट इग्लिस वोडिङ्ग स्कूलका उप प्राचार्य विना कोइराला र ब्रज एकेडमी काठमाडौका प्रचार्य उद्धित भट्टले गरेका थिए ।


यस्तै प्रतियोगीताको सहजीकरण हर्मन माइनर विद्यालय सुर्खेतका शैक्षिक कार्यक्रम संयोजक शिक्षक गंगाबहादुर खड्काले गरेका थिए ।

प्रकाशित मितिः ३ असार २०७७, बुधबार २२:२९

Leave a Reply

Your email address will not be published. Required fields are marked *