हर्मन माइनर विद्यालय सुर्खेतमा कर्णालीकै पहिलो गणित प्रयोगशाला

एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले कर्णाली प्रदेशमै पहिलो पटक गणित प्रयोगशाला बनाएको छ ।
विद्यार्थीको शिक्षण सिकाई प्रभावकारी बनाउनको लागि विद्यालयमा गणित प्रयोगशाला निर्माण गरिएको प्रचार्य जगदिश ढकालले बताए ।


बीरेन्द्रनगर नगरपालिका र नगर शिक्षा शाखाको दुई-दुई तथा विद्यालयले एक लाख गरी पाँच लाख रुपैयाको लागतमा प्रयोगशाला निर्माण गरिएको उनले बताए ।
विद्यार्थीले पढेर भन्दा हेरेर, हेरेर भन्दा अभ्यास गरेर छिटो सिक्छन्, उनले भने, त्यो सिकाई विद्यार्थीको जीवनसँग पनि जोडिने भएकोले दीर्घकालिन पनि हुन्छ ।


धेरैजना विद्यार्थीलाई गणित विषयसँग डर लाग्ने भएपनि प्रयोगशालामा गरिने अभ्यासपछि उक्त डर हराएर जाने आशा विद्यालयले राखेको छ ।
नेपालका सबै विद्यालयमा गणित प्रयोगशाला स्थापनाको अभियान थालेका दयामान श्रेष्ठले प्रयोगाशालाले विद्यार्थीलाई सिक्न निकै सजिलो हुने बताउँछन् ।


उनी भन्छन्, प्रयोगशालामा हुने अभ्यासले विद्यार्थीको जीवनसँग गणित जोडिने भएकोले कल्पना शक्तिको विकास हुन्छ ।
एक विद्यालय एक गणित प्रयोगशालाको पक्षमा पैरवी गदै आएका उनले प्रयोगशालामा गरिने अभ्यासले जीवनमा गणितको प्रयोग कहाँ र कसरी हुन्छ र भैइरहेको छ भन्ने ज्ञान पनि हुने बताए ।


विद्यालयको नेतृत्व समालेको छोटो समयमै प्राचार्य ढकालले एसओएस हर्मन माइनर विद्यालयर्को चौतर्फी क्षेत्रमा महत्वपूर्ण सुधार र परिवर्तन गर्न सफल भएका छन् ।

हर्मन माइनरको सिकै गदै सुर्खेतका विभिन्न सरकारी र नीवि विद्यालयले पनि गणित प्रयोगशाला स्थापना गर्ने सोच बनाएको बताएका छन् ।

प्रकाशित मितिः ३० असार २०७७, मंगलवार ०६:१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *