विश्वविद्यालयको पाचौ सभा जेठ २५ गते हुने

रारा संवाददाता
सुर्खेत, ११ जेठ ।ndex
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको पाँचौ सभा जेठ २५ गते सुर्खेतमा हुने भएको छ ।प्रधानमंत्री तथा विश्वविद्यालयका उपकुलपति केपी शर्मा ओलीको अध्यक्षतामा वस्ने गरी जेठ २५ गते सभा तोकिएको विश्वविद्यालयका सूचना अधिकारी बिष्णु कुमार खड्काले बताउनु भयो ।
प्रधानमंत्री ओलीले २३ करोड लागतमा निर्माण हुने विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवनको शिलान्यास र विश्वविद्यालयको वीस बर्षे रणनीतिक योजनाको बिमोचन गर्ने कार्यक्रम तय भएको वताइएको छ । सभा सम्पन्न गर्नका लागि उपकुलपति प्रा।डा। उपेन्द्र कुमार कोइरालाको अध्यक्षता बसेको कार्यकारी परिषदको बैठकले बिभिन्न उपसमितहरू गठन समेत गरिसकेको छ
यसैवीच नेपाल राष्टिय प्रध्यापक संगठनले मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयमा लगाएको ताला विश्वविद्यालय प्रशासनले वलजफ्ती फाटालेको भन्दै आपत्ति जनाएको छ । समावेसी मान्यता अनुसार स्थायी पदपुर्तिको प्रक्रिया अघि वढाउन माग गदै लगाएको ताला मनपरी ढंगले फुटालेको भन्दै संंगठनले आपत्ति जनाएको हो ।संगठनले विज्ञप्त जारी गदै तालाको विषयमा औपचारिक रुपमा वार्ता र संवादवाट समस्या समाधान गर्नुको साटो वल प्रयोग गर्ने कार्य निन्दनिय भएको उल्लेख गरेको छ ।
विश्वविद्यालय प्रशासनले लोकतान्त्रिक परिपाटीको उपहास गदै टेड युनियन अधिकारको अपमान गरेको भन्दै विज्ञप्तीमा संगठनले उठाएको माग तत्काल पुरा गर्न आग्रह गरेको छ ।विश्वविद्यालयका पदाधिकारीहरु समस्या समाधान गर्नको साटो वल्झाउने तिर उद्त रहेको भन्दै संगठनले माग पुरा नगरे कडा आन्दोलनमा उर्तिने चेतावनी समेत दिएको छ विश्वविद्यालयले गत बैशाख २५ र २६ गते स्थायी पदपूर्तिको लागि खोलेको विज्ञापन समावेसी नभएकोले तत्काल खारेज गरी समावेसी विज्ञापन गर्न माग गदै सेवा आयोगको कार्यालयमा तालावन्दी गरिएको संगठनले जनाएको छ ।

प्रकाशित मितिः ११ जेष्ठ २०७३, मंगलवार १२:३४

Leave a Reply

Your email address will not be published. Required fields are marked *