मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्ववियू चुनाव भदौ पहिलो साता हुने

indexसुर्खेत, ४ असार ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आगामी भदौमा महिनामा हुने भएको छ । विश्वविद्यालय र विद्यार्थी संघ संगठनवीच स्ववियूको निर्वाचन भदौको पहिलो साता गर्ने सहमति भएको हो ।
अखिल क्रान्तीकारीको मागको विषयमा विश्वविद्यालयमा क्रियाशिल विद्यार्थी संगठनहरु र विश्वविद्यालयवीच भएको वार्तामा यो सहमति भएको हो । शनिवार भएको वार्तामा शिक्षकहरुमा देखिएको निष्कृयतालाई संकाय प्रमुख मार्फत सक्रिय बनाउने, विश्विद्यालयको पाठ्यक्रमलाई यथासिघ्र वितरण गर्ने, केन्द्रीय क्याम्पसमा इन्टरनेट सेवालाई व्यवस्थीत बनाई आउँदो कार्तिक सम्ममा इ लाइब्रेरी संचालनमा ल्याउने सहमति भएको छ । यस्तै फिल्ड भिजिटका लागि विद्यार्थी बाट संकलन गरिएको रकम सम्बन्धीत क्षेत्रमै खर्च गर्ने र शैक्षिक क्यालेन्डर सरोकारवालालाई यथासिघ्र वितरण गर्ने सहमति पनि भएको छ ।
वार्तामा नेपाल विद्यार्थी संघ, अनेरा स्ववियू, नेक्रविसंघ, अखिल (क्रान्तीकारी), नयाँ शक्ति विद्यार्थी संघ लगाएतका विद्यार्थी संगठनहरुको सहभागीता रहेको छ । वार्तामा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी भने सहभागी नभएको वताएको छ । विश्वविद्यालय स्रोतका अनुसार क्रान्तिकारीले पत्र पठाउदै अवधि सकिएका रजिष्ट्रारको संयोजकत्वमा गठित वार्ता समितिसंग वार्ता नगर्ने र उपकुलपति संग मात्र वार्ता गर्ने अडान लिदै आएको छ ।
विश्वविद्यालयले रजिष्ट्रार डा.महेन्द्रकुमार मल्लको संयोजकत्वमा सबै संकायका डिनहरुलाई रहेको वार्ता टोली वनाएको छ । विद्यार्थी संघ संगठनहरु सहमति भएका विषयहरुलाई कार्यकारीणी परिषदले पारित गरे संगै लागु हुने विश्विद्यालयले जनाएको छ ।

प्रकाशित मितिः ४ असार २०७३, शनिबार १३:०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *