सहारा क्याम्पसले विविएसमा मध्य तथा सुदुरपश्चिम टप्यो

20160620_074207
छात्रा तर्फ मध्य तथा सुदुरपश्चिमै प्रथम हुने माधुरी काफलेलाई अभिर लगाउदै व्यस्थापन समितिका अध्यक्ष ओमप्रकाश सुवेदी ।

सुर्खेत ६, असार ।
सहारा क्याम्पस सुर्खेतले आफना दुई जना विद्यार्थीले विविएसको परिक्षामा मध्य तथा सुदुपश्चिममै सर्वाधिक अंक ल्याएको दावी गरेको छ ।
क्याम्पसमा अध्ययनरत छात्रा छात्रा तर्फ माधुरी काफ्लेले छात्रा तर्फ मध्य तथा सुदुरपश्चिमै प्रथम भएकी छन । उनले ७२ प्रतिशत अंक ल्याएको क्याम्पसले जनाएको छ । यस्तै छात्र तर्फ रत्नवहादुर वुढा मध्य तथा सुदुरपच्चिममै दोस्रो भएका छन । उनले ७३ प्रतिशत अंक ल्याएको क्याम्पस प्रमुख छविलाल आचार्यले बताउनु भयो ।
स्थापना भएको छोटो समयमै सहारा क्याम्पसका विद्यार्थीले उत्कृष्ट नजिता ल्याउन सफल भएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश सुवेदी जानकारी दिनुभयो ।

20160620_074703
छात्रा तर्फ प्रथम र समग्रमा दोस्रो स्थान ल्याउन सफल काफले र वुढा ।

आइतवार क्याम्पसमा आयोजित कार्यक्रममा विविएस परिक्षामा उत्कउष्ट अंक ल्याउन काफ्ले् र वुढासहित उर्तिण हुने सवै विद्यार्थीलाई स्वागत सहित वधाई ज्ञापन गरिएको छ । कार्यक्रमा व्यवस्थापन समितिका अध्यक्ष सुवेदी, क्याम्पस आचार्य, त्रिभूवन विश्वविधालयका प्रतिनिधी प्रेम वुढा लगायतले आगामी दिनमा थप सफलता हासिल गर्नको लागि बढी मिहिनेत गर्न सुझाव दिएका छन ।

प्रकाशित मितिः ६ असार २०७३, सोमबार १३:२९

Leave a Reply

Your email address will not be published. Required fields are marked *