सुर्खेत ७, असार ।
पुनरावेदन अदालत सुर्खेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा बन्द हडताल नगर्न ÷नगराउन भन्दै परेको उजुरीमाथी विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
अधिवक्त रत्नवहादुर भण्डारीले विश्वविद्यालयमा तालावन्दी, वन्द हड्ताल आदि नपाउने गरी आदेश जारी गर्न माग गदै दायर गरेको रिटमाथी सुनुवाई गदै अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
भण्डारीले बन्द हडताल नगर्न नगराउन र बन्द हडताल हुन नदिन माग गदै विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी संघसंगठन, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय विरुद्ध उजुरी गर्दा गराउनु भएको हो ।
अदालतले विपक्षीको नाममा निवेदकको माग बमोजिमा आदेश जारी गर्नु नपर्ने कारण भए आधार कारण खुलाई प्रमाण साथै राखी १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको पुनरावेदन अदालत सुर्खेतका उपरजिष्ट्रार डिल्लीराम अर्यालले बताउनु भयो ।
यसअघि विश्वविद्यालयले आफुले पाउने सेवा सुविधा नदिएको भन्दै विश्वविद्यालयका पूर्व उपकुलति कालीप्रसाद पाण्डले पनि विश्वविद्यालय विरुद्ध उजुरी दर्ता गराउनु भएको थियो ।