सुर्खेतमा ३० औ एसओएस बालग्राम दिवस मनाइयो

120422
नृत्य प्रस्तुत गदै वालवालिकाहरु ।

सुर्खेत, ९ असार ।
एसओएस बालग्राम सुर्खेतले ३० औं अन्तर्राष्ट्रिय एसओएस दिवस विभिन्न कार्यक्रमहरु गरी मनाएको छ ।
दिवसका अवसरमा विभिन्न प्रतियोगीताका विजेता तथा उपविजेताहरुलाई पुरस्कार वितरण, चन्दादाताहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा हर्मन माइनर उच्च माविका विद्यालय व्यवस्थापन सदस्य नीलकण्ठ खनाल, चन्दादाता नगेन्द्रबहादुर सिंह, एसओएस बाल क्लवका अध्यक्ष टेकेन्द्र बोहराले अनाथ, टुहुरा बालबालिकाहरुको आश्रयस्थल बनेको एसओएसलाई सवैले सहयोग गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा नृत्य प्रतियोगितामा प्रथम सिद्धार्थ नेशनल स्कुल, द्वितीय सैनिक आवासीय मावि, तृतीय इन्टरनेशनल कोअपरेटिभ र सान्त्वना नेवारे उच्च माविको नृत्यहरु प्रस्तुत गरिएको छ ।
यस्तै शिक्षक कर्मचारीहरुवीच भएको भलिवल प्रतियोगिताका बिजेताहरुलार्य पनि पुरस्कृत गरिएको छ ।
कार्यक्रम वालग्रामका निर्देशक मुुकुन्दकुमार गिरीको सभापतित्व र मध्यपश्चिम पृतनापति शमशेर ठकुराठीको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रकाशित मितिः ९ असार २०७३, बिहीबार १३:१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *