सुर्खेत १६, असार ।
नयाँ शक्ति विद्यार्थी युनियन मध्य पश्चिमाञ्चल विश्वविद्यालय कमिटीले विश्वविद्यालयमा छलफल कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा युनियनका सचिवालय सदस्य टंक धमलाले विश्वविद्यालयमा हुने राजनैतिक भागवन्डाको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
उनले राजनीतिक भागवन्डाको संस्कृतिको अन्त्य नभएसम्म शिक्षाको गुणस्तर सुधार नहुने उल्लेख गरे ।
यस्तै नयाँ शक्ति निकट प्राध्यापक मन्च नेपाल छैटौं प्रदेशका संयोजक प्रचण्ड पोखरेलले विश्वविद्यालयलाई बन्द हड्ताल मुक्त गर्नु पर्ने वताए ।
उनले रचनात्मक र सृजनशिल भएर आफ्ना माग राख्नु पर्नेमा जोड दिए ।
कार्यक्रम विश्वविद्यालय कमिटीका संयोजक हर्कदेव अधिकारीको सभापतित्वमा भएको हो ।