डा. मल्ल फेरी राजिष्ट्रारमा नियुक्त

ppppppppppppppppppppppp
डा. महेन्द्रकुमार मल्ल ।

सुर्खेत २९, असार ।
डा. महेन्द्रकुमार मल्ल फेरी मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको रजिष्ट्रारमा नियुक्त हुनु भएको छ ।
२०७१ साल माघ ४ गते देखि राजिष्ट्रारको जिम्मेवारी समाल्दै आउनु भएका मल्ल ४ वर्षे कार्यकालको लागि राजिष्ट्रारमा नियुक्त हुनु भएको हो ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ को दफा २८ को उपदफा २ बमोजिम मल्ललाई राजिष्टारमा नियुक्त गरिएको प्रधानमंन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।
तत्कालिन विश्वविद्यालयका राजिष्ट्रार लगायतका पदाधिकारीलाई भष्टाचारको आरोपमा अख्तियारले निलम्वन गरेपछि मल्ल २०७१ साल माघ ४ गते अन्तरिम व्यवस्थाका लागि राजिष्ट्रार पदमा नियुक्त हुनु भएको थियो ।
नेपाली विषयमा विद्यावारिधी गर्नु भएका उहाँले यसअघि सुर्खेत क्याम्पस शिक्षाको क्याम्पस प्रमुखको जिम्मेवारी पनि निर्वाह गरिसक्नु भएको छ ।
राजिष्ट्रार मल्लले भोली राजिष्ट्रारको पदभार ग्रहण गर्ने विश्वविद्यालयका सुचना अधिकारी विष्णु कुमार खड्काले वताउनु भयो ।

प्रकाशित मितिः २९ असार २०७३, बुधबार १०:५५

Leave a Reply

Your email address will not be published. Required fields are marked *