कँडेलले गरे पदभार ग्रहण

20160717_124045
सहायक क्याम्पस प्रमुख कँडेल ।

सुर्खेत २, साउन ।
सुर्खेत क्याम्पस शिक्षाका सहायक क्याम्पस प्रमुख राजनकुमार कँडेलले पदभार ग्रहण गर्नु भएको छ ।
साउन १ गते लागु हुनेगरी सहायक क्याम्पस प्रमुखमा नियुक्त हुनु भएका कँडेलले आइतवार  पदभार ग्रहण गनु भएको हो ।
उहाँ ७ वर्षदेखि क्याम्पसमा अंग्रेजी शिक्षण सहायकको रुपमा कार्यरत हुनुहुन्छ । कँडेल शारीरिक रुपमा असक्त हुनुुहन्छ ।
त्रिभुवन विश्वविद्यालयवाट उहाँले प्रथम श्रेणीमा अंग्रेजी विषयमा स्नातकोत्तर गर्नु भएको छ ।
को हुन कँडेल ?
२४ वर्षको उमेरमा उहाँले हिडडुल गर्ने सार्मथ्य सधैको लागि गुमाउनु भएको थियो । चामुन्डा ८ दैलेखका कँडेल अहिले वीरेन्द्रनगर १० खजुरामा वस्दै आउनु भएको छ ।
आफु जलेर अरुलाई उज्यालो दिदै आउनु ३४ बर्षिय कँडेल शरीरिक रुपमा भिन्न धरातलमा रहेपनि संर्घष गरेर जीवन सपार्न सकिन्छ भन्ने कुरामा दृढ विश्वास राख्नु हुन्छ ।
२०६३ सालतिर त्रिभुवन विश्वविद्यालयको छात्रवाटको छतवाट खसेपछि उहाँ हिडडुल गर्नु सक्नु हुन्न ।
ह्वील चेयरको सहायताले कँडेल हिडडुल गदै आउनु भएको छ । उहाँको संर्घषले अध्यारोलाई उज्यालो र निराशालाई आशामा बदल्न प्रेरणा दिने वताएको छ ।

प्रकाशित मितिः २ श्रावण २०७३, आईतवार ०७:४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *