सुरक्षाको लागि जोखिम न्युनिकरण पात्रो वनाउदै जाजरकोटका विद्यालय

2222222222
तालिममा विपद जोखिम न्युनिकरणको वारेमा जानकारी दिदै परियोजनाका संयोजक छवि पन्त ।
11111111111
तालिमका सहभागीहरू ।

जाजरकोट, ७ साउन ।
विपद न्युनिकरण गर्न जाजरकोटका विद्यालयहरुले अवदेखि हरेक वर्ष जोखिम पात्रो निर्माण गरी लागु गर्ने भएका छन ।
पाकृतिक विपदवाट जोखिनको लागि झाप्रा, सुवानाउली, दशेरा र पजारुका १६ वटा विद्यालयले जोखिम न्युनिकरणको लागि पात्रो निर्माण गरी लागु गर्ने भएको हुन ।
सेभ द चिल्ड्रेनको सहयोगमा पाँचतारे युवा संरक्षण मञ्चले संचालन गरेको एकीकृति परियोजना अन्तगर्एत सवैका लागि पढाई कार्यक्रम लागु भएका विद्यालयहरुले जोखिम न्युनिकरणको लागि पात्रो वनाउन अघि वढने जनाएका छन ।
झाप्रा गाविसको मिलवजारमा भएकोे विपद न्युनिकरण विद्यालय सुरक्षा सम्वन्धी ३ दिने तालिममा सहभागी भएका विद्यालयका प्रधानाध्यापक र गाउँ शिक्षा समितिका अध्यक्षहरुले आफनो विद्यालयमा प्रत्येक वर्ष जोखिम पात्रो निर्माण गरी विपद न्युनिकरण गर्ने प्रतिवद्धता जनाएका छन ।
तालिममा परियोजनाका संयोजक छवि पन्त र नेपाल रेडक्रसका रामचन्द्र ज्योतिले विपद न्युनिकरण र विद्यालय सुरक्षाका वारेमा प्रशिक्षण दिनु भएको छ ।
यसैवीच झाप्राकै मिलबजारमा प्रारम्भिक तह पढाई सम्वन्धी ५ दिने तालिम सम्पन्न भएको छ ।
तालिममा विद्यार्थीहरुलाई कसरी पढाउने र कुन तरिकाले पढाउदा उनीहरुको सीप र क्षमताको विकास हुन्छ भन्ने वारेमा सहभागीलाई जानकारी गराएको छ ।
२२ वटा विद्यालयका शिक्षकहरुको सहभागीता रहेको तालिमको सहजीकरण स्रोत व्यक्ति मणीराम पाख्रेल र आशा कार्कीले गर्नु भएको छ ।

प्रकाशित मितिः ७ श्रावण २०७३, शुक्रबार १२:४२

Leave a Reply

Your email address will not be published. Required fields are marked *