सुर्खेतका १७१ बालवालिका अझै किन विद्यालय बाहिर छन ?

20160726_151045सुर्खेत, ११ साउन ।
सुर्खेतलाई आधारभूत तहमा अनिवार्य तथा निःशुल्क शिक्षा प्रदायक जिल्ला घोषणा गरेपनि विद्यालय जाने उमेरका १ सय ७१ जना वालवालिकाका अझै विद्यालयको पहुँच वाहिर रहेको पाएको छ ।
जिल्ला शिक्षा कार्यालयले विद्यालयहरुवाट संकलन गरेको तथ्याक अनुसार सय जना वालक र ७१ जना वालिका अझै विद्यालयको पहुँच वाहिर रहेका छन ।
विभिन्न कारणले गर्दा उनीहरु पढनवाट बञ्चित रहेको पाइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
आमावावु नभएर घरायसी कामकाजमा लागेरका कारण ११ जना वालवालिकाले पढन पाएका छैनन् ।
बालमजदुरका रुपमा काम गर्ने ५ जना, पढ्ने इच्छा नभएको कारण ८ जना, आमा बाबुसँगै भारततिर गएको कारण ५४ जना वालवालिका विद्यालय जान नपाएको सहायक जिल्ला शिक्षा अधिकारी निलकन्ठ रेग्मीले बताउनु भयो ।
सुस्तमनस्थिति भएकाका ९ जना, पाको उमेर भएकाले ३ जना, शारीरिक अपागता भएका १८ जना, घरको कमजोर आर्थिक अवस्था भएका २४ जना, जन्मदर्ता नभएका ३ जना वालवालिका पनि पढनवाट बञ्चित रहेको पाइएको उहाँले उल्लेख गर्नुभयो ।
20160726_151104यस्तै २ जना सडक बालबालिका, बालविवाहको कारण एक जना, विद्यालय टाढा भएर ÷आउन जान असहज भएको कारण २५ जना, स्थायी घरबास नभएका २ जना विद्यालयप्रति डरको भावना भएका एक जना र विद्यालयको व्यवहारले असन्तुष्ट भएरका ५ जना वालवालिका पढन नगएर घरमै वसेको वताएको छ ।
पढनवाट बञ्चित भएका वालवालिकाहरुको तथ्याक संकलन गर्ने काम भएकोले उनीहरुलाई विद्यालयको पुहँचमा ल्याउन कार्यालयले पहल थालेको बताएको छ ।
सुर्खेतलाई २०७२ साल जेठ २५ गते साक्षर सुर्खेत तथा अनिवार्य आधारभूत शिक्षा प्रदायक जिल्ला घोषणा गरिएको थियो
प्रारम्भिक कक्षा पढाइ कार्यक्रम शुरू
20160726_152347 सुर्खेतसहित मध्यपश्चिमका बाँके, बर्दिया, दाङ र डोल्पा जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम शुरू भएको छ ।
सामुदायिक विद्यालयका कक्षा १ देखि ३ सम्मका बालबालिकाहरुको पढाई सीप र लेखन शौलीको विकास गर्ने उदेश्यले प्रारम्भिक कक्षा पढाई कार्यक्रमका सुरु गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
कार्यालयका विद्यालय निरीक्षक तथा कार्यक्रममा फोकल पर्सन गजेन्द्रकुमार विसीले सुर्खेतमा प्रारम्भिक कक्षा संचालन हुने ५ सय १० विद्यालय यस कार्यक्रमबाट लाभान्वित हुने बताउनु भयो ।
वीरेन्द्रनगरमा गरिएको पत्रकार सम्मेलनमा पहिलो चरणमा प्रारम्भिक रुपमा कार्यक्रम शुरु भएपनि दोस्रो चरणमा सघन रुपमा कार्यक्रम सञ्चालन उहाँले जानकारी दिनुभयो ।
कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षामा पढाइ सीप विकासका लागि शिक्षण सिकाईमा सुधार गर्ने, शिक्षण सामग्रीहरुको प्रयोगमा जोड दिने, शिक्षकहरुको तालिम दिने वताएको छ ।
कार्यक्रम अन्तर्गत बालबालिकाहरुको पढाई सुधारका लागि परिवारहरुको सहभागितामा वृद्धि गरिने, वालबालिकाहरुको पढाई सुधार र प्रगतिसम्बन्धी अनुगमनका लागि अभिभावक र समुदायको क्षमता वृद्धि गरिने फोकल पर्सन गजेन्द्रकुमार जिसीले वताउनु भयो ।
ग्रेट बृद्धि परीक्षा साउन १४ बाट
20160726_154102यसैवीच जिल्ला शिक्षा कार्यालय सुर्खेतले २०७२ सालको एसएलसी परीक्षामा दुई विषयमा डी र ई ल्याउने विद्यार्थीका लागि ग्रेट बृद्धि मौका परीक्षा साउन १४ गतेदेखि शुरु हुने बताएको छ
१ हजार २ सय ५२ जना विद्यार्थीले ग्रेट बृद्धिका लागि परीक्षामा दिने जिल्ला शिक्षा अधिकारी दिपा हमालले वताउनु भयो
४ सय १४ जनाले अंग्रेजी, १५ जनाले नेपाली, ४ सय ५० जनाले गणित, ४ सय २० जनाले विज्ञान, ४ सय ९८ जनाले सामाजिक, २२ जनाले स्वास्थ्य जनसंख्या, ६३ जना ऐच्छिक प्रथम र २१ जनाले ऐच्छिक द्धितियको विषयको ग्रेट बृद्धिको मौका परीक्षा दिनेछन् ।
परीक्षा सञ्चालनका लागि वीरेन्द्रनगर भित्रका दुई वटा विद्यालयलाई परीक्षा केन्द्र तोकिएको उहाँले वताउनु भयो ।

प्रकाशित मितिः ११ श्रावण २०७३, मंगलवार १२:५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *