शिक्षा पत्रकार समुहको अध्यक्षमा ओली

oli-surkhetसुर्खेत, १३ साउन ।
सुर्खेतमा क्रियाशिल पत्रकारहरुको भेलाले खेमराज ओलीको अध्यक्षतामा शिक्षा पत्रकार समुह गठन गरेको छ ।
भेलाले ओलीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
समितिको ११ सदसिय समितिको उपाध्यक्षमा दिपक शाही, सचिवमा सविता जिसी, सहसचिवमा डिलप्रसाद शर्मा, कोषाध्यक्षमा चाँदनी केसी रहनु भएको छ ।
यस्तै सदस्यमा राजेन्द्र विक्रम शाही, टेकराज केसी, मुना हमाल, जानकी शाही, यज्ञवहादुर खत्री र नन्दा वस्नेत रहनु भएको छ ।
भेलाले श्रीधर पौड्याल, गणेशकञ्चन भारती, ललित वसेल, ललित वुढा, आकाशतारा बयक र प्रकाश पन्तलाई शिक्षा पत्रकार समुहको सल्लाहकारमा चयन गरेको छ ।

प्रकाशित मितिः १३ श्रावण २०७३, बिहीबार १०:५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *