एनसीईको संयोजकमा टीकाराम आचार्य

6642302356527305526_nसुर्खेत, २३ साउन ।
शिक्षा लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वयन समिति सुर्खेतको संयोजकमा स्याक नेपालका टिकाराम आचार्य चयन हुनु भएको छ ।
वीरेन्द्रनगरमा भएको समितिको भेलाले आचार्यलाई सर्वसम्मत रुपमा संयोजकमा चयन गरेको हो ।
७ सदस्यीय नयाँ कार्यसमितिको सदस्यमा युगआह्वान दैनिकका सम्पादक दिपककुमार बुढा, आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाही, सुन्दर नेपाल संस्थाका भुपेन्द्र कंडेल रहनु भएको छ ।
यस्तै दिगो विकास कोषका खेमराज पौडेल, सिमान्तकृत महिलाहरुका लागि महिला संस्था वामका मधुरानी ढकाल, अन्तरनिर्भर समाजका विवेक शाही र युवा सशक्तिकरण मञ्चका अक्बर खाँ पनि सदस्यमा चयन हुनु भएको छ ।
समितिका संयोजक टीकाराम आचार्यले सुर्खेतको शैक्षिक विकासको लागि अनवरत रुपमा लागि रहने प्रतिवद्धता जनाउनु भएको छ ।

प्रकाशित मितिः २३ श्रावण २०७३, आईतवार १२:१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *