शौचालयको अभावले विद्यार्थीकाे पढाईमा वाधा

13987841_1746292348962191_25734260_oअमर कार्की
वावियाचौर सुर्खेत, २८ साउन ।
पश्चिम सुर्खेतको विद्यापुरमा रहेमा रहेको विद्याज्योति माध्यामिक विद्यालयमा शौचालयको अभावले विद्यार्थीलाई समस्या भएको छ ।
शौचालय भएपनि प्रयोग हुन सक्ने अवस्थामा नभएकोले विद्यार्थीहरुलाई दिसा पिसा गर्न निकै समस्या भएको हो ।
13989565_1746403558951070_385521319_nविद्यालयका ३ वटै शौचालय प्रयोग गर्न नमिल्ने अवस्थामा भएपनि अहिलेसम्म मर्मतको लागि विद्यालयले ध्यान नदिएको विद्यार्थीले गुनासो गरेका छन ।
शौचालय अभावको चर्को मारमा छात्राहरु पर्ने गरेका छन । महिनावारी हुँदा उनीहरु विद्यालय आउदैनन ।
विद्यालय आएपछि महिनावारी हुन वित्तकै वीचमै पढाई छाडेर घर जान वाध्य हुने गरेको उनीहरुले उल्लेख गरेका छन ।
विद्याज्योति माध्यामिक विद्यालय विद्यापुर गाविस १ को सुन्दरपुरमा रहेपनि विद्यालयको वातावरण भने सुन्दर छैन ।
13989675_1746403525617740_1791171049_nबिद्यालयलाई चारैतिरवाट झाडीहरुले ढाकेको छ । झाडीका कारण सर्पको डरले विद्यार्थीहरु त्रसित हुने गरेका छन ।
पानीको लागि कुवा खनेको भएपनि पानी आउदैन । कुवाको पानी ल्याउन मोटरको पनि अभाव छ ।
विद्यालयमा शिक्षकको पनि अभाव छ । अहिले ४ जना दरवन्दीमा, राहातमा ३ जना र निजी स्रोत ४ जना शिक्षक रहेको प्रधानाध्यापक देवीराम देवकोटाले वताउनु भयो ।
यो विद्यालयले २०४० प्राथमिक तह, २०५५ सालमा निमावि तह र २०६५ सालमा माध्यामिक तहको अनुमति पाएको थियो ।

प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार ०५:१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *