अखिल क्रान्तिकारीको दुई दिने शैक्षिक हडताल

सुर्खेत, ३० साउन ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठनले दुई दिने शैक्षिक हडतालको आव्हान गरेको जनाएको छ ।
निजी विद्यालय, क्लेज लगायतका शैक्षिक संस्थाहरुले चर्को शुल्क बृद्धि गरेको विरोधमा शैक्षिक हडताल आव्हान गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चक्र विसीले वताउनु भयो ।
बृद्धि गरिएको शुल्क खारेज गर्न माग गदै भोली र पर्सी देशभर शैक्षिक हडतालको आव्हान गरिएको उहाँले जानकारी दिनुभयो ।
भेरी क्षेत्रीय समुन्वय समितिका संयोजक समेत रहनु भएका विसीले दुई दिन देशभरका कुनैपनि विद्यालय लगायतका शैक्षिक संघसंस्थाहरुमा पढाई नहुने उल्लेख गर्नुभयो ।

प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०३:४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *