नयाँ शक्ति विद्यार्थी युनियन अव वैकल्पिक शक्ति

_5872091892117155985_nसुर्खेत, ३० साउन ।
नयाँ शक्ति निकट नयाँ शक्ति विधार्र्थी युनियन मध्यपश्चिम विश्वविद्यालयले स्ववियूको चुनावी सभा गरेको छ ।
सभामा राष्ट्रिय युवा अभियानका संयोजक कमल शाहीले विश्वविद्यालयमा विद्यार्थीका समस्या समाधान गर्न सक्ने र शिक्षाका मुद्धा उठाउन सक्ने नेतृत्व आवश्यक भएको वताउनु भएको छ ।
उहाँले अन्य दल निकट विद्यार्थी संघ संगठनहरुले विद्यार्थीको मुद्धा र आवश्यकतालाई सम्वोदन गर्न नसक्ने भएकोले विकल्पको रुपमा नयाँ शक्ति युनियन आएको चर्चा गर्नुभयो ।
परिषदका केन्दीय संगठन विभागका प्रमुख लक्ष्मी जोशीले शिक्षा क्षेत्रमा देखिएका विकृति र विसंगति अत्यको लागि नयाँ शक्ति विद्यार्थी युनियनलाई रोज्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा युनियनका प्रवक्त सचीन अधिकारी, मनराज आचार्य, नयाँ शक्ति विद्यार्थी युनियनको तर्फवाट सभापतिका उम्मेदवार तिर्सना हमाल लगायतले नयाँ शक्ति विद्यार्थी युनियनले मात्र विद्यार्थीको हक अधिकार सुनिश्चित गर्न सक्ने उल्लेख गर्नुभयो ।

प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ११:१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *