नयाँ विद्यालय व्यवस्थापन समिति गठन

सुर्खेत, ३१ साउन ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय साल्म धारापानी गुटुको नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
विद्यालयले सोमबार गुटुको साल्ममा अभिभावक भेलाको आयोजना गरी ९ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।
विद्यालयले शिक्षा ऐन २०२८ को आठौं संशोधन दफा १२ अनुसार नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको जनाएको छ ।
नवगठित व्यवस्थापन समितिको अध्यक्ष ललितजंग विष्ट र सदस्यहरुमा चित्रबहादुर दर्लामी, दिपक खड्का रहेका छन् ।
त्यस्तै महिला सदस्य तर्फ धनसरा बुढा, भूमिसरा गुरुङ र सीता थापा, शिक्षक प्रतिनिधि दिला पुन तथा सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक सुभाषकुमार सिंह चयन भएको विद्यालयले बताएको छ ।

प्रकाशित मितिः ३१ श्रावण २०७३, सोमबार १३:०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *