अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदै

सुर्खेत, २३ भदौ ।
अन्तर्राष्ट्रिय साक्षरता तथा ३७ औँ राष्ट्रिय शिक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुनु मपरोस्’भन्ने आदर्श नाराका साथ २०३१ बाट यो शिक्षा दिवस मनाउन थालिएको थियो ।
राष्ट्रिय शिक्षा दिवसको यस पटकको नारा ‘समृद्ध राष्ट्रका लागि जीवन 95उपयोगी शिक्षा’ रहेको छ ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले ८ सेप्टेम्बरलाई अन्तर्राष्ट्रिय साक्षरता मनाउँदै आएको छ ।
नेपालमा पछिल्ला दशकमा दुवै दिवसलाई एकै दिन मनाउन थालिएको हो ।
विसं २०६८ को जनगणनामा ६५ प्रतिशत साक्षरता दर रहेकामा हाल ९२ प्रतिशत पुगेको सरकारी तथ्याङ्क छ ।

प्रकाशित मितिः २३ भाद्र २०७३, बिहीबार ०१:३५

Leave a Reply

Your email address will not be published. Required fields are marked *