नपढाएरै तलब खान्छन शिक्षकाहरु

बद्री पन्त
जाजरकोट २, असोज
जिल्ला शिक्षा कार्यालय जाजरकोटले जिल्लाको शैक्षिक सुधारमा कायापलट गर्ने बताइ रहदा यो कार्यक्रम नारामै सिमित भएको छ ।
शिक्षक, शिक्षिकाको चरम लापरवाहिका कारण शैक्षिक सुधार कार्यक्रम प्रभावित भएको छ ।
उनीहरुले विद्यालयमा नपढाएर नै तलब खाने गरेको खुलासा भएको हो ।
पूर्णज्वती प्राथामिक विद्यालय दशेरा ९ धैंयाकी शिक्षिका करुना आरसी विगत ४ महिना देखि विद्यालयमा अनुपस्थित छन् । तर उनी काठमाडौंमा बस्दै आएकी छन् ।
उनी बर्षको एक पटक विद्यालयमा आएर हाजिरी गर्ने र तलब भत्ता खादै आएकी छन् ।
शिक्षा कार्यालय भने उनको यो हर्कत देखेर दंग छ । उनलाई कार्यालयले एक तलब कटौती गरेको जनाउछ ।
उनले पहुचका आधारमा चरम लापरवाहि गरेको अभिभावकले बताएका छन ।
कार्यालयले अहिलेसम्म कुनै कारबाहि नगरेको अभिभावकको गुनासो छ ।
मेडम बर्षमा १÷२ पटक विद्यालयमा आउने जाने गर्नु हुन्छ, पटक पटक काजमा पनि बस्नु भयो, पहुच भएपछि जे गरेपनि हुदो रहेछ सर विद्यालयका प्रधानाध्यापक दलबहादुर रावतले टेलिफोनबाट जानकारी दिए ।
त्यसैगरी विद्यादेवि प्राथामिक विद्यालय रामीडाडा ९ धौलाकोटका प्रधानाध्यापक जयबहादुर बुढा दुइ महिना देखि अनुपस्थित रहेका छन्
बुढा गत असार देखि विद्यालयमा नगएको धौलाकोटका अभिभाबक राजु विकले बताए ।
उता कालिका आदर्श माध्यामिक विद्यालय रामीडाडाँकी शिक्षिका संगिता शाह पनि चार महिना देखि विद्यालयमा अनुपस्थित छन । शाह लामो समयसम्म विद्यालय नआएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपी नेपालीले बताइन ।
सानालाई ऐन र ठुलालाई चैनको नीतिले जिल्लामा शैक्षिक सुधार हुन नसक्ने अध्यक्ष नेपालीको भनाई छ ।
शाह गत जेठ महिनाको २९, ३० र ३१ गते विद्यालयमा तीन मात्र हाजिर लगाएर सदरमुकाममै बसेर दुई महिनाको तलव वुझेरकी थिइन । शाह लामो समयसम्म विद्यालयमा नफर्के पछि पठनपाठनमा बाधा पुगेको विद्यालय प्रशासनले जनाएको छ ।
IMG_20160914_134506त्यसैगरी सुर्यदय माध्यामिक विद्यालय डाडागाउ कैनाका शिक्षक मोहनलाल पुन पनि एक महिना विद्यालयमा अनुपस्थित छन । आरसी, बुढा, शाह र पुन त केही प्रतिनिधि पात्र मात्र हुन ।
उनीहरु जस्तै अधिकांस शिक्षक, शिक्षिकाले विद्यालयलमा नपढाएर नै तलब भत्ता खादै आएको पाइएको हो ।
शैक्षिक शत्र सुरु भएको ६ महिनामा वितिसक्दा पनि विद्यालयमा १÷२ पाठ पनि पढाइ नभएको पाइएको छ । बर्षेनी कोर्ष पुरा नहुदा विद्यार्थी मर्कामा पर्दै आएका छन् ।
शिक्षण सिकाईमा अधिकतम उपलव्धी हासिल गरेर शैक्षिक सुधार गर्ने भनिएता पनि विद्यालयमा अध्यापन गर्ने शिक्षक शिक्षिका नै अनु पस्थित भएपछि कसरी जिल्लाको शैक्षिक सुधार हुन्छ ? पत्रकार दीपबहादुर घतीको भनाई छ ।
कालिका आदर्श माध्यामिक विद्यालय रामीडाडाँमा २०७२ माघ महिना देखि रिक्त रहेको निमावि राहत दरवन्दीमा शिक्षक नियुक्तिको अनुमति नदिएर विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले अन्याय गरेको विद्यालय प्रधानाध्यापक पृर्थीराज ज्योतिको भनाई छ ।
प्रअ ज्योतिको भनाई अनुसार पहिला शिक्षक नियुक्तिको अनुमति नदिएर अन्याय गरेको कार्यालयले हाल ४ महिनासम्म अनु उपस्थित शिक्षिकालाई कुनै कारवाही गर्न नसकेर अर्को अन्याय बताए । अधिकांस शिक्षक राजनीतिक गर्ने, उपभोक्ता समिति, व्यापार गर्ने लगाएत दोस्रो पेसामा संलग्न रहेका छन् ।
जिल्ला शिक्षा कार्यालयले यस विषयमा छानविन गरेर आवश्यक कारवाही गर्ने जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिहंले जानकारी दिए ।
प्रत्येक शिक्षक शिक्षिकाले कुनै पनि विदा स्वीकृत गराउदा सम्वन्धित विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिबाट गराउनु पर्ने प्रावधान भएपनि कार्यान्वयन नभएको हो ।
जिशिअ सिंह यस विषयमा आफु निकै गम्भिर भएको र विषयमा तत्काल वुझेर समस्या समधान गर्ने बताए । बर्षमा २ सय २० दिन विद्यालय सन्चालन गर्नु पर्ने तथा १ सय ९२ दिन विद्यालयले पठनपाठन गर्नु पर्ने कार्यालयले जनाएको छ ।
सरकारले जाजरकोटका शिक्षकहरुका लागि तलब र भत्ताका बार्षिक ५० करोड रकम खर्च गर्दै आएको छ ।

प्रकाशित मितिः २ आश्विन २०७३, आईतवार १०:५५

Leave a Reply

Your email address will not be published. Required fields are marked *