बद्री पन्त
जाजरकोट १२, असोज
नेपाल शिक्षक संघ जाजरकाटको आयोजनामा विधान संसोधनका लागि सुझाब संकलन तथा शुभकामना आदानप्रदान गरेको छ ।
शिक्षक संघ जाजरकोटका अध्यक्ष जनक बहादुर सिंको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस जाजरकोटका सभापती एवमं दुर्गम क्षेत्र विकास समितिका उपाध्यक्ष दिपक जंग शाह, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष ईलम बहादुर शाही लगायतले सुझाव तथा शुभकामना राख्नु भएको थियो ।
कार्यक्रममा १ सय बढि शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमा जिल्ला स्तरिय शिक्षक महासंघ गठन गर्नका लागि अन्य शिक्षक संघ संगठनहरु विच वार्ता संवात परामर्श तथा छलफल गर्नकालागि नेपाल शिक्षक संघका अध्यक्ष जनक बहादुर सिंहको संयोजकत्वमा ५ सदसिय परामर्श समिति गठन गरिएको छ ।
समितिमा संयोजक जनक बहादुर सिंह, सदस्यहरुमा आशा कार्की, तिर्थ बहादुर खत्री, धिरेन्द्र बहादुर शाह र कमल बहादुर चन्द रहनु भएको छ ।
जाजरकोट लगायत देश व्यापीरुपमा रहेका अस्थायी शिक्षकहरुले उठाएका मागहरुप्रति शिक्षक संघ जाजरकोटले ऐक्यबदता जनाइ शिक्षक संघका केन्द्रिय उपाअध्यक्ष मार्फत केन्द्रमा शिक्षक महासंघ समक्ष पुर्याउने निर्णय भएको शिक्षक संघ जाजरकोटका सचिब गोरख बहादुर विसीले जानकारी दिनु भएको छ ।
नेपाल शिक्षक संघको सदस्यता नविकरण असोज २० गते भित्र अनिवार्यरुपमा गरिसक्नु पर्ने निर्णय गरिएको सचिब विसीले बताउनु भयो ।
त्यसैगरी एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनका सदस्य त्यागी शिक्षक संघमा प्रवेश गर्नु ईन्द्र बहादुर बुढालाई सभापती दिपक जंग शाहले शिक्षक संघको सदस्यता प्रदान गर्नु भएको थियो ।