जाजरकाेटका ११४ विद्यालयमा विव्यस गठन

14522976_1857957881106634_9108042451589984635_n
लहँ ४ मा रहेको भानुभक्त माध्यामिक विद्यालयका नयाँ व्यवस्थापन समितिका पदाधिकारीहरु । तस्वीर सैैजन्य अशोक कुमार साह प्रअबाट

बद्री पन्त
जाजरकोट १८, असोज
जिल्ला शिक्षा कार्यालय जाजरकोटले एक सय १४ विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भएको जनाएको छ ।
जिल्लाका पाँच सय ५१ विद्यालयमा नयाँ समिति गठन गर्न कार्यालयबाट प्रत्राचार भएको छ ।
दशैं तिहारमा विद्यालय विदा भएकाले बाँकी रहेका विद्यालयले पनि विद्यालय सन्चालन भएपछि समिति गठनको काम पुरा गर्ने जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले बताए ।
समिति गठन गर्दा सहमतिबाट नै भएको छ ।
पहिलेको जस्तो विवाद र चुनाव नै गर्नु पर्ने अवस्था आएको छैन्, जिशिअ सिंहले बताए ।

प्रकाशित मितिः १८ आश्विन २०७३, मंगलवार ००:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *