जाजरकोटमा निर्माण भए, १३ नमूना विद्यालय

बद्री पन्त
जाजरकोट १९, असोज
जिल्ला शिक्षा कार्यालय जाजरकोटले विद्यालय भौतिक निर्माण कार्यक्रम तर्फ आर्थिक वर्ष २०७२÷७३ मा प्राप्त ४३ वटा विद्यालय भवन निर्माण कार्यक्रम मध्ये १३ वटा भवनलाई नमूना विद्यालय भौतिक पूर्वाधार निर्माण कार्यक्रमको रुपमा छनौट गरी निर्माण कार्य सम्पन्न गरेको हो ।
IMG_1809नमूना विद्यालय भौतिक निर्माण कार्यक्रम मध्ये खगेनकोट स्थित श्री सरस्वती प्राथामिक विद्यालय वफेलगाउँले २ कोठे, रामचन्द्र प्राथामिक विद्यालय पाँचकाटीयाको ३ कोठे भवन, श्री राम जानकी प्राथामिक विद्यालय इउरी ३ कोठे, श्री दुर्गा प्राथामिक विद्यालय भुर नुवागाउँको २ कोठे विद्यालय भवन, श्री विश्व प्राथामिक विद्यालय वराहचौर, मालिका प्राथामिक विद्यालय विष्टटोल मजकोट र श्री मष्टा प्राथामिक गिमाले छात्रा शौचालय निर्माण नमूना रुपमा सम्पन्न गरेका छन् भने श्री नेपाल राष्ट्रिय माद्यमिक विद्यालय भगबती अवलगुर्ताको ६ कोठे विद्यालय भवन, श्री दिपेन्द्र माद्यमिक विद्यालयले भुरले ६ कोठे विद्यालय भवन नमूना रुपमा निर्माण गर्ने गरी कार्य अघि वढाएका छन् । चालु आर्थिक बर्षमा शिक्षा कार्यालयले विद्यालय भौतिक सुविधा विस्तार कार्यक्रम अन्र्तगत २ सय ६२ संरचना निर्माणका लागि १३ करोड खर्चने भएको छ । चालुमा कार्यालयले विभिन्न विद्यालयलाई ६० लाखका ८ कोठे भवन ४, ४८ लाखका ६ कोठे भवन ४, ३२ लाखका ४ कोठे ७, १८ लाखका ३ कोठे १८, १३ लाखका २ कोठे १० र अन्य संरचना निर्माणका योजना वितरण गरेको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले बताउनु भयो ।

जिल्ला शिक्षा कार्यालय जाजरकोटले नमूना विद्यालय भौतिक पूर्वाधार निर्माण घोषणा गरेर निर्माण कार्यको जिल्लाभर थालनी गरेको थियो । यसरी नमूना निर्माण कार्य घोषणा गर्नुको मूलकारण वारे वताउँदै जिल्ला शिक्षा कार्यालय जाजरकोटका योजना अधिकृत यज्ञश्वर खत्री भन्नु हुन्छ, नमूना पूर्वाधार निर्माण घोषणा गरी निर्माण कार्य प्रारम्भ गर्नाले निर्माण कार्यमा संलग्न विद्यालयहरु निर्माण कार्यको लागत, समय, गुणस्तरप्रति सचेत वन्नजाने हुदा निर्माण कार्य गुणस्तरीय रुपमा हुन सक्ने, यस्को प्रभाव अन्य विद्यालयहरुमा समेत सकारात्मक रुपमा पर्न गइ समग्र विद्यालयहरुको भौतिक निर्माण कार्य प्रभावकारी वन्न जाने देखिन्छ ।

यसै सन्र्दभमा राम जानकी प्राथमिक विद्यालय इउरी विद्यालयका अध्यक्ष दिपेन्द्र प्रसाद शर्मा भन्नु हुन्छ, नमूनाभौतिक पूर्वाधार निर्माणको घोषणाले विद्यालय भौतिक पूर्वाधार निर्माण प्राप्त गरेका विद्यालयहरु वीच आ आफ्नो विद्यालयमा राम्रो विद्यालय भवन निर्माणका लागि सकारात्मक प्रतिष्पर्धा हुने गरेको वताउनु हुन्छ ।
यसरी नै दुर्गा प्राथमिक विद्यालय नुवागाउँ भुरका प्रधानाध्यापक माधव प्रसाद शर्मा भन्नु हुन्छ, विद्यालय भौतिक निर्माण कार्यक्रमलाई विशेष अभियानको रुपमा संचालन गरेकै कारण ज्येष्ठका पहिलो हप्तातिर मात्र भवनको ड्रइग डिजाइन र प्राविधिक कर्मचारीको नियुक्ति भइकन पनि निर्माण कार्य दु्रत गतिमा हुन सकेको हो । यदि विगतकै गतिमा निर्माण कार्य आरम्भ हुन्थ्यो भने निर्माण कार्य यति चाँडो सम्पन्न गर्न गाह्रो हुन्थ्यो ।
यसरी एकातिर ड्रइग डिजाइन, नक्सा पासमा भएको विलम्व त अर्काेतिर इन्जििनियर, सव इन्जिनियरको नियुक्तिमा भएको अत्यधिक ढिलाइले समयमा निर्माण कार्य सम्पन्न हुन नसके तापनि जिल्ला शिक्षा कार्यालय जाजरकोटले विद्यालयभौतिक निर्माणमा दिएको विशेष चासो र पूर्व सर्तकताका कारण विद्यालय भौतिक निर्माण कार्य नमूना रुपमा सम्पन्न हुन गइरहेका छन् ।
विद्यालय भौतिक निर्माण कार्यक्रम प्राप्त गरेका २ सय ६७ विद्यालयमध्ये १७९ वटा पूर्ण रुपमा सम्पन्न भइ सकेका छन् भने ५८ वटा निर्माण कार्य अन्तिम चरणमा पुगेको र वाँकी १५ वटा निर्माण कार्य क्रमा गत भएकाले आगामी वर्षमा गुणस्तरीय रुपमा सम्पन्न भइसक्ने ठोकुवा गर्छन, जिल्ला शिक्षा कार्यालय जाजरकोटका इन्जिनियर जगत कुमार आर.सी. ।
साथै उहाँले भन्नु भयो, विद्यालय भनव निर्माणको सानो भन्दा सानो काम सम्पन्न नभएसम्म सम्वन्धित विद्यालयलाई कार्य सम्पन्न प्रतिवेदन नदिने र कार्य सम्पन्न प्रतिवेदन नभएसम्म विद्यालयको खाता रोक्का राखिने, कार्य सम्पन्न प्रतिवेदन लिन र विद्यालयको खाता फुक्का गर्न विद्यालयले उक्त निर्माण योजनाको सामाजिक परीक्षण समेत गरी प्रतिवेन पेश गर्न जिल्ला शिक्षा कार्यालयले सम्वन्धित विद्यालयलाई पत्रचार गरी निर्देशन दिइ सकिएको इन्जिनियर आर.सी.ले वताउनु भयो ।
नमूना विद्यालय भौतिक निर्माण कार्यक्रमको सम्वन्धमा नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाह भन्नु हुन्छ, शैक्षिक सत्र २०७३ लाई शैक्षिक सुधार वर्षको रुपमा घोषणा गरी सके पछि उक्त सुधार वर्षको एउटा महत्वपूर्ण अवयवको रुपमा नमूना भौतिक पूर्वाधार निर्माण घोषणा गरी निर्माण कार्यको प्रारम्भ गरिएको थियो ।
जसवाट जिल्लाको विद्यालय भौतिक पूर्वाधार निर्माणमा केही सुधार आएको संकेत निर्मित पूर्वाधारको अवलोकन गर्दा समेत अनुभूती गर्न सकिन्छ ।

जाजरकोटमा विद्यालय भौतिक निर्माण कार्यमा रहेका समस्यावारे वताउँदै जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले भने, राजधानीमा रहेका विद्यालय र दूर दराजमा रहेका विद्यालयको लागत, इष्टिमेट र मापदण्ड समान रहनु नै विद्यालय निर्माणमा मुख्य जटिलता रहेको छ ।

काठमाण्डौ र जाजरकोटको विद्यालय भवन निर्माणका लागि उत्तिकै लागत र उही मापदण्ड अवलम्वन गरिनु दुर्भाग्य हो । विषम परिस्थिति तथा एकल मूल्य र एकल माप दण्डका कारण आज दुर्गम भेकमा विद्यालय निर्माण कार्य गुणस्तरीय रुपमा हुन नसकेको, यसकै कारण निर्माण कार्य सम्पन्न गर्न कठिनाइ परेको, विद्यालय र विद्यालयका शिक्षक कर्मचारीले भवन निर्माणको थपदायित्व भार वहन गर्नु परेको र लागतनपुगेर काम सम्पन्ननहुन सकेकाकारण तालुकनिकाय र अख्तियारमा समेत विद्यालय भवन निर्माण सम्वन्धी गुनोसो वढ्ने गरेको उहाँको जिकिर छ ।

प्रकाशित मितिः १९ आश्विन २०७३, बुधबार ०१:१४

Leave a Reply

Your email address will not be published. Required fields are marked *