अनुदान रकम कटौती

IMG_4006बद्री पन्त
जाजरकोट १४, पुस
चालु शैक्षिक सत्रमा जाजरकोटका २ सय बढी विद्यालयको पठनपाठन प्रभावित भएको छ । शिक्षा विभागले आर्थिक बर्ष २०७३÷७४ देखि २ सय २७ शिक्षकका लागि निकासा हुने पिसीएफ (प्रति विद्यार्थी अनुदान रकम) मा कटौती गरेपछि ती विद्यालयको पठनपाठन प्रभावित बनेको हो ।
विभागले चालु आर्थिक बर्षमा २७ माध्यमिक, १ सय ४० प्राथमिक र ६० आधारभुत विद्यालयमा आउने उक्त अनुदान कटौती गरेको हो । स्विकृत तथा राहात दरबन्दि एउटा पनि नभएका विद्यालयमा आउने अनुदान कटौती हु“दा विद्यार्थी पढाईबाट बन्चित हुनु पर्ने अवस्था आएको निमित्त जिल्ला शिक्षा अधिकारी मानबहादुर गिरीले बताउनु भएको छ । ‘पिसीएफ शिर्षकमा आएको रकमबाटै पारिश्रमिक खाने गरी नियुक्त शिक्षकले विद्यालयको पठनपाठन संचालन गरेका थिए ।
पिसएिफ अनुदान नै कटौती भएपछि विद्यालयमा शिक्षकको अभाव भएको छ । रकम अभावले विद्यालयमा १०÷१२ बर्ष अघि देखि नियुक्त शिक्षक वेरोजगार बनेका छन् । अधिकांश विद्यालयमा शिक्षक दरबन्दि अभाव छ । पिसएिफ अनुदान तथा निजी स्रोतबाट सन्चालन हुदै आएका विद्यालय संकटमा परेका छन् । निजी शिक्षकको भर मात्र विद्यालयमा गुणस्तरीय पठनपाठन असंभव देखिएको हो ।
विभागबाट पिसीएफ रकम निकासा नहु“दा विद्यालय बन्द गर्नु पर्ने अवस्था आएको शिक्षकले बताएका छन् । पिसीएफै भर विद्यालयले १ देखि र १० कक्षाको पठनपाठन संचालन गर्दै आएकोमा उक्त अनुदान निकासा नआएपछि समस्या भएको हो । पढाउदै आएका शिक्षकलाई खाली हात घर फर्केका छन् । पिसएिफ अनुदान तथा निजी स्रोतबाट सन्चालन भएका विद्यालय बन्द गर्नु पर्ने अबस्था आएको शिक्षकको भनाइ छ ।
विभागले प्राथमिक देखि माध्यमिक तहका प्रति विद्यालयलाई ५० हजार देखि ३ लाख सम्म उक्त अनुदान निकासा दिंदै आएको थियो । गत आर्थिक बर्ष पिसीएफ शिर्षकमा २ करोड ५० लाख निकासा आएकोमा यस आबमा शुन्य भएको हो । यस जिल्लाका मावि, निमावि र प्रावि तहका ४ सय ३५ विद्यालयमा ७ सय शिक्षक दरबन्दि अपुग रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
यसैगरी जिल्लाको शैक्षिक गुणस्तर बृद्धीका लागि २६ गाउ विकास समितिका २६ र भेरीमालिका नगरपालिकका ४ वटा विद्यालयलाई नमुना विद्यालयको रुपमा रुपान्तरण गर्ने योजना धरापमा परेको छ । जिल्लामा २० उमावि, ४४ मावि, ८९ निमावि र २ सय ८२ प्रावि रहेका छन् ।

प्रकाशित मितिः १४ पुष २०७३, बिहीबार १४:१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *