बद्री पन्त
जाजरकोट १६, पुस
त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गनमा गत १३ गतेदेखि संचालन भएको रमाईलो मेलाका साताभर पढाई वाधा भएको छ । ३ दिन सम्म लाग्ने भने पनि मेलाका कार्यक्रमहरु लम्बिदा साताभर पढाई वाधा भएको हो ।
मेलाका कारण विद्यालयको पठनपाठन गत १२ देखि नै बन्द रहेको छ । जस्का कारण ६ देखि १२ कक्षाका १ हजार ५ सय विद्यार्थी पढाई बाट बन्चित भएका छन् । विद्यालयले आफ्नो हाता भित्र मेला संचालन गर्न नदिने भने पनि सफल हुन नसकेको प्रधानाध्यापक हेरम्बबहादुर शाहले बताए । मेला लगाउन बन्देज गर्ने निर्णय गर्दा स्थानीयबाट ब्यापक गुनासो आएपछि अर्को बर्षदेखि नलगाउने शर्तमा निर्णय फिर्ता भएको शाहले बताए । मेला लागेको चौरमा सरसफाई तथा अन्य ब्यबस्थापन गर्दा साता नै पढाई वाधा पुग्ने उनले बताए । ‘सदरमुकाम आसपास अन्यत्र खुल्ला स्थान नह“ुदा हरेक कार्यक्रम विद्यालय हाता भित्रै हुन्छन् । हरेक बर्ष मेलाले पठनपाठनमा वाधा पुग्ने हु“दा यसको विकल्प खोज्नु पर्ने हुन्छ । विद्यार्थीको पढाई नै वाधा पुरयाएर मेला लगाउनु कतिको सान्र्दभिक हो ?’ उनले भने ।