भैरव माविको अध्यक्षमा निलकण्ठ खनाल

सुर्खेत, ६ फागुन ।
सुर्खेतको बीरेन्द्रनगरमा रहेको भैरव माध्यामिक विद्यालय  व्यवस्थापन समितिको अध्यक्षमा निलकण्ठ खनाल चयन हुनु भएको छ ।
गएको पुष २९ गते भएको अभिभावक भेलावाट सदस्यमा हुनु भएका खनाल शुक्रवार सर्वसम्मत रुपमा अध्यक्ष हुनु भएको हो ।
अभिभावहरुको भेलाले उहाँका साथै नयाँराम जैशी, चन्द्रा विक र मनमाया कार्कीलाई सदस्यमा चयन गरेको थियो ।
विहिवार जेष्ठ सदस्य नयाँराम जैशीको अध्यक्षतामा बसेको व्यवस्थापन समितिको बैठकले दुई जना सदस्य मनोनित गरेको थियो ।
समितिले चन्दादाताबाट पार्वती धौलाकोटी र शिक्षा प्रेमीबाट शशीराम आचार्यलाई सदस्यमा मनोनित गरेको थियो ।
समितिले पूर्णता पाएपछि सदस्यहरुले सर्वसम्मत रुपमा निलकष्ठ खनाललाई अध्यक्षमा चयन गरेको हो ।
सानो उमेरदेखि नै समाज सेवामा सक्रिय उहाँ बीरेन्द्रनगर –४ का स्थायी बासिन्दा पनि हुनुहुन्छ ।
उहाँ बिगत १० वर्षदेखि भैरवस्थानमा रहेको भैरव माविको विद्यालय व्यवस्थापन समितिको सदस्य भएर काम गर्नु भएको थियो ।
सुर्खेतका उदाउँदा युवा नेता खनाल नेकपा एमाले बीरेन्द्रनगर नगर कमिटीका अध्यक्ष पनि हुनुहुन्छ ।

प्रकाशित मितिः ६ फाल्गुन २०७३, शुक्रबार ०६:१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *