शिक्षक संघ त्रिवेणी नलगाडको अध्यक्षमा विष्णु खत्री निर्वाचित

जाजरकोट, २४ फागुन ।
नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघ त्रिवेणी नलगाड नगरपालिकाको नगर कार्य समितिको अध्यक्षमा बिष्णुलाल खत्री निर्वाचित हुनु भएको छ ।
सोमवार खगेनकोट गाविसको दल्लीमा भएको शिक्षक संघको भेलाले सर्वसम्मत उपाध्यक्षमा बहादुर पन्त, सचिवमा भुपेन्द्र गौतम, अर्थ सचिवमा विणा बुढा, अर्थ सहसचिव महिलामा यशोदादेवि शर्मा र कोषाध्यक्षमा दलबहादुर खत्री चयन हुनु भएको छ ।
२१ सदसिय नगर कार्य समितिको अर्थ सहसविमा हरि परिया, रणबहादुर ओली चयन हुनु भएको नेपाल शिक्षक संघका क्षेत्रीय सचिव बीरबहादुर खत्रीले बताउनु भयो ।
कार्यक्रममा नेपाल शिक्षक संघ जाजरकोटका अध्यक्ष जनक सिहले नेपाल शिक्षक संघ शिक्षकहरुको पेशागत हक अधिकारको लागि सधै संर्घषरत रहेको बताउनु भयो ।
यस्तै उपाध्यक्ष आशा कार्की, रेखा शाह, धिरेन्द्र शाह लगायतले आफनो पेशागत हक अधिकारको लागि नेपाली शिक्षकहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
यता नवनिर्वाचित अध्यक्ष खत्रीले शिक्षक संघलाई बलियो संगठनको रुपमा अघि बढाउन क्रियाशिल भएर लाग्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममो संचालन शिक्षक संघका क्षेत्रीय सचिव बीरबहादुर खत्रीले गर्नु भएको थियो । कार्यक्रममा नगर क्षेत्रभित्र रहेका सय भन्दा बढी शिक्षकहरुको सहभागीता रहेको बताएको छ ।

प्रकाशित मितिः २४ फाल्गुन २०७३, मंगलवार १६:०५

Leave a Reply

Your email address will not be published. Required fields are marked *